११ वैशाख, एजेन्सी।

तेस्रो विश्व युद्ध हुने चर्चा बढेको छ। कमसेकम भविष्यवाणी यस्तै भनिरहेका छन्। उत्तर कोरिया र अमेरिकाबीच तनावको स्थिति छ, हेरक दिन नयाँ बवाल। अब उत्तर कोरियाले अमेरिकी एयरक्राफ्ट क्यारिअर माथी आक्रमणको तयारी गरेको खबर आएका छन्। अहिले अमेरिका विरुद्ध चेतावनी दिने उत्तर कोरियाको साप्ताहिक कार्यक्रम जस्तो भएको छ। तापनि केही यस्ता विषय छन् जसमाथी ध्यान दिन जरुरी छ।

तेस्रो विश्व युद्धको तारिक तय !

केही दिन पहिले एक भविष्यवाणी गरिएको थियो जसमा भनिएको थियो, तेस्रो विश्व युद्ध सन् २०१७ १३ मेबाट सुरु हुनेछ।
यो भविष्यवाणी आफुलाइ भगवानको दूत (म्यासेन्जर अफ गड) मान्ने एक व्यक्तिले गरेका थिए। यिनै होरासियो भिलेगासले पहिले पनि ट्रम्प राष्ट्रपति बन्ने, र ट्रम्पले सिरियामा आक्रमण गर्ने भविष्यवाणी गरेका थिए, जुन पुरा पनि भए।

पुरा पढ्नुस् : दुई ठूला भविष्यवाणी मिलाएका व्यक्तिको अर्को भविष्यवाणी: १३ मेबाट विश्वयुद्ध सुरु !

नोस्ट्रेडमसले पनि गरिसकेका छन् यस्तै भविष्यवाणी
१६ औँ शताब्दीका चर्चित नोस्ट्रेडमसले यस्तै एक भविष्यवाणी गरेका थिए जसलाई तेस्रो विश्वयुद्धसंग जोडेर हेरिने गरेको छ।

भविष्यणवाणी थियो,
“Naval battle night will be overcome, Fire in the ships to the West ruin: New trick, the great ship colored, Anger to the vanquished, and victory in a drizzle.”

यसको अर्थ यसरी लगाइएको छ,
लडाईँ रातमा सुरु हुनेछ र ‘भिक्ट्रि इन ड्रिजल’ अर्थात परमाणु वर्षासंग यो जोड्न सकिन्छ।

यो पढ्नुस : सन् २०१७ को लागि नोस्ट्रेडमसले गरेका भविष्यवाणी पुरा हुँदै

यी भविष्यवाणी र अहिलेको राजनैतिक अवस्था हेर्दा यो भन्न मुश्किल छैन कि युद्धको वातावरण बन्दैछ। यो पटकको युद्ध बढी खतरनाक हुनेछ। कारण यो कि, थुप्रै देशसंग परमाणु बम छ। मार्चामा नै उत्तर कोरियाले ४ वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो। आशंका त यो पनि छ कि उत्तर कोरियासंग अमेरिकासम्म प्रहार गर्न सक्ने मिसाइल पनि छ।

यो पढ्नुस्: अमेरिका ध्वस्त गर्न सक्छ उत्तर कोरियाली मिसाइल, यस्तो छ उत्तर कोरियाको मिसाइल क्षमता

केवल उत्तर कोरिया मात्र होइन, अमेरिका, रुस, चीन, भारत, पाकिस्तान, इजरायल, फ्रान्स र बेलायतसंग परमाणु हतियार छ।

यदि तेस्रो विश्व युद्ध भयो भने ?

यदि तेस्रो विश्व युद्ध भए यसको परिणाम के हुन्छ अनुमान लगाउन गाह्रो छैन। एक तर्फ रुस र अमेरिका, अर्को तर्फ उत्तर कोरिया र अमेरिका। अनि आतंकवादबाट चिन्तित फ्रान्स र भारत। यदि सबै राजनैतिक समिकरण हेर्ने हो भने ट्रम्प जसरी निर्देशन पास गर्दै छन् अन्य देश उनिबाट चिन्तित अनि तनावमा छन्। अब युद्ध होस् या नहोस्, देशहरुबीच दबाब भने बनिरहनेछ।

यो पढ्नुस्: उत्तर कोरियाभन्दा बढि रुससंग डराउँछ अमेरिका

१. यदि युद्ध भए परमाणु हतियार प्रयोग हुने निकै सम्भावना छ। हालै अमेरिकाले अफगानिस्तानमा ‘मदर बम’ खसालिसकेको छ। यस्तोमा ट्रम्पले परमाणु ‘कोड’ प्रयोग गर्ने सक्ने सम्भावना बढी नै छ।

२. दोस्रो हो उत्तर कोरिया, जो अमेरिकालाई निशाना बनाउने बारम्बार धम्की दिदैँ आएको छ। हालै उत्तर कोरियाले आफुसंग पनि परमाणु हतियार भएको र अब अमेरिकासंग डराउनु नपर्ने बयान दिएको थियो। यसको अर्थ आफ्नो हतियार प्रयोग गर्न उत्तर कोरिया पछि हट्ने देखिदैन।

३. तस्रो हो, अहिलेको सबैभन्दा ठूलो परमाणु शक्ति राष्ट्र रुस। सबैभन्दा बडी परमाणु हतियारको साथ रुस यस्तो देश हो जो तेस्रो विश्व युद्ध भए सबैभन्दा शक्तिशाली सावित हुनेछ। फेडेरशन अफ अमेरिकन साइन्टिस्टको एक अध्ययन अनुसार रुससंग ७३०० हजार परमाणु हतियारको भण्डार छ। तर त्यसमध्ये केवल १७९० मात्र प्रहार गर्न लायक छन्। रुसले ७१५ पटक परीक्षण पनि गरिसकेको छ। सन् १९४९ मा पहिलो परीक्षण गरेको रुसले सबैभन्दा अन्तिम परीक्षण १९९० मा गरेको थियो।

यो पढ्नुस।

अमेरिकाले अफगानिस्तानमा खसालेको बम भन्दा शक्तिशाली रुसको बम ‘फादर अफ अल बम्बस्’