सचित देवकोटा

रणनैतिक हिसावले नेपालको भौगोतिक पोजिसन अत्यन्तै महत्वपुर्ण छ। भारत र चीनका बीच हुनुका फाइदा बेफाइदा दुबै छन् तर महत्व भने सधै उच्च छ। यति महत्वपुर्ण र अर्थपुर्णरुपमा अवस्थिति हुँदा पनि त्यसको फाइदा लिन नसक्नु, सधै कमजोर र क्षीण देखिनुमा हाम्रै आन्तरिक कारणहरु निर्णायक छन्। विदेशनीतिमा एकरुपता ल्याउन सकेका दिन नेपालको बार्गेनिङ क्षमता अर्कै हुनेछ।

आफैमा मिल्न नसकेर बारम्बार विदेशीलाई खेल खेल्न दिने र त्यसैका विरोधमा पक्ष विपक्षमा बाँडिएर अन्तहीन दन्द्धमा अल्झिरहेन हाम्रो नियतीको अन्त्यले मात्र देशमा नयाँ आशाको सञ्चार गर्नेछ।

नेपालमा छिमेकी भारत, चीन, युरोपेली युनियन र अमेरिकाले पर्याप्त मात्रमा स्वार्थका हिसावले चलखेल गर्ने गरेका लुकेको कुरा होइन्।

भारत नेपालमा माइक्रोम्यानेजमेन्ट गर्ने तहमा ओर्लिएर पटक पटक बदनाम भइसकेको छ । नेपालको चीन र पश्चिमाहरुको प्रभाव बढेको देखेर निकै चिन्तित भारत सुषुप्त ढंगका निकै आक्रमक तवरले अघि बढिरहेको स्रोतहरुले दाबी गर्न थालेका छन्।

सत्तारुढ दलहरुबीच नै त्यति राम्रो सम्वन्ध नभएको, प्रतिपक्षसंग कुरा मिल्न नसकेको र मधेशी दलहरुको माग सम्वोधनका बारेमा कुनै एकरुपता नदेखिएका बेलामा शक्ति केन्द्रले खेल्ने कुरा कुनै नौलौ भने भएन।

महिना दिन यता नेपाली राजनीतिमा देखिएका केही विकासक्रमलाई नियालेर हेर्दा पर्दा पछाडी गम्भिर किसिमका चलखेल भएको बुझिन्छ।

महिना दिन अघिसम्म मधेशमा स्वतन्त्र मधेशको नाममा सिके राउतको चकचकी थियो। उनले खूलमखूला आफ्नो गतिविधी चलाएकै थिए। सिके राउतको गतिविधी ठूलो स्तरमा चलिरहँदा सरकार मुकदर्शक थियो। त्यतिनै बेला संविधानमा संसोधन चाहिरहेका मुलधारका मधेशी दलहरु भने सरकारसंग वार्तामा इन्गेज थिए ।

सिके राउतको अन्तराष्ट्रिय कनेक्सन कस्तो छ सहजै अनुमानको विषय होइन् तर उनको नियती प्रयोग हुनु र फ्याकिनु र आवस्यक परेका बेलामा फेरी स्टेजमा उतारिनु, भएको भने पक्का हो।

हालै इन्सेकले सिके राउतको पक्षमा गरेको पैरवीले पनि नेपालमा मल्टिपल पावर सेन्टरले एकसाथ काम गर्ने गरेको स्पष्ट संकेत गर्दछ।

राउत मधेशमा गतिविधी चलाउने र मधेशी दल वार्तामा हुने स्थितिमा अचानक फेरबदल आयो कि ल्याइयो शंकाको घेरामा छ ।

मधेशी दल काठमाडौंमा सिमित रहँदा सिके राउतले मधेशमा गतिविधी व्यापक पारेका थिए। आन्दोलन र चुनावका बेलामा बाहेक काठमाडौंमा रमाउने मधेशी मोर्चा आवद्ध दललाई ग्राउण्डमा ठाउँ बनाउन गाह्रो थियो। एकाएक राउतलाई गिरफ्तार गरियो। उनलाई पक्रिएर हिरासत राखेपछि मधेशमा उनको गतिविधी कमजोर रह्यो। मधेशमा ठाउँ खालि गरेको केही समयमा मधेशी दलहरु पनि आन्दोलनमा फर्किए। उनीले संविधान संवोधनका लागि आन्दोलनमा जाने निर्णय लिए। सरकारसंग मधेशी मोर्चाको मन अमिलियो।

जानकारहरु बताउँछन यो संयोग मात्र थिएन्। शक्ति केन्द्रको खेल उत्कर्षमा पुगेको थियो। नेपालमा एकसाथ धेरै शक्ति केन्द्रले खेल खेल्ने हुँदा को कुन शक्ति केन्द्रको नजिक छ र को इशारामा चलिरहेको थाहा पाउन धेरै गाह्रो छ ।

नेपालमा शक्तिशाली देशहरुका एजेन्सीहरुका हर्कत सधै सतहमा आउँदैनन्। कतिपय कुरा त स्यवम प्रयोग हुनेले पनि थाहा नपाउने गरेको जानकारहरु बताउँछन्। हालैको यो घट्नाक्रममा को कस्को प्यादा भएको पत्ता लगाउने जिम्मा यसपटक पाठकलाई। आखिर बुझ्नेलाई इशारै काफी हुन्छ।