कुशल श्रेष्ठ

‘यौन’ लाई शारीरिक चाहना र सुखद अनुभव मात्रै भन्दा अपुरो हुन्छ। किनभने सैयौँ वर्षदेखिको खोज र अनुसन्धानले यौन क्रियाकलापका थुप्रै स्वास्थ्य फाइदाहरू हुने देखाएको छ। विज्ञहरू भन्छन् यसलाई व्यायामसँग तुलना गर्न सकिन्छ।

वास्तवमा, यौन सम्पर्क गर्दाको ‘शारीरिक प्रतिक्रिया’लाई हेर्दा ठ्याक्कै व्यायामसँग मिल्दोजुल्दो हुने देखिन्छ। यौन सम्पर्कको समयमा व्यक्तिको स्वासप्रश्वास दर, मुटुको धड्कन अनि रक्तचाप बढ्छ। यौन सम्पर्कको बेला शरीरका सबै प्रक्रियाहरू उच्च गतिमा काम गर्न थाल्दछ, व्यायाम गर्दाको जस्तै।Sex as Exercise

कैयौँ अनुसन्धानकर्ताहरूले आधुनिक प्रविधिको प्रयोग गरी यहि खोजलाई पटक पटक दोहोर्याएका छन्। अनुसन्धानमा पनि यौन सम्पर्कको समयमा शारीरिक प्रतिक्रियामा महत्वपूर्ण वृद्धि भएको पत्ता लागिसकेको छ। यस्ता प्रतिक्रियालाई व्यायाम सँग तुलना गरेर हेर्दा, व्यायाम गर्दाको शारीरिक तनाव र दवावको ७५% मात्रै यौन सम्पर्कबाट प्राप्त हुने अनुसन्धानकर्ताहरूले पत्ता समेत लगाएका छन्।

तर उनीहरूले यो पनि थाहा पाए कि यौन सम्पर्क गर्दाको शारीरिक थकान र दवाव अधिकांश जसो अनिरन्तर हुने गर्दछ, मतलब यौन सम्भोगको अधिकांश समयमा शरीरमा पर्ने दवाव व्यायामको भन्दा धेरै कम हुने गर्दछ।

त्यसो भए, के यौनलाई व्यायाम भन्न मिल्छ त?

मिल्छ पनि, मिल्दैन पनि! व्यायामलाई कसरी परिभाषीत गरिन्छ भन्ने कुरामा भर पर्दछ। यदि पूर्णरूपमा शारीरिक तथा मानसिक प्रतिक्रियालाई तुलना गरेर दुवैलाई दाँज्ने हो भने, हो यौनलाई पनि व्यायाम भन्न सकिन्छ। किनभने यौन सम्पर्क गर्दा पनि व्यायाम गर्दाको जस्तै मुटुको धड्कन तेज हुने, स्वासप्रश्वासको गति छिटो हुने अनि रक्तचाप बढ्ने हुन्छ।

तर यदि, व्यायामले जस्तै यौनले पनि दीर्घकालीन रूपमा शारीरिक प्रतिक्रियालाई परिवर्तन गर्नुपर्दछ भन्ने मान्ने हो भने, यौनलाई व्यायाम भन्न मिल्दैन। किनभने यौन भनेको सँधै अनि निरन्तर भैरहने क्रियाकलाप होइन। त्यसैले यसले दीर्घकालीन रूपमा शरीरको बनावट र प्रतिक्रियालाई परिवर्तन गर्न सक्दैन।Sex as Exercise (1)

फेरि, व्यायामका अन्य थुप्रै फाइदाहरू पनि छन्, जसलाई यौनसँग तुलना गरेर हेर्न बाँकी नै छ। त्यसरी नै यौनका अन्य फाइदाहरूछन्, जुन व्यायाम सँग मिल्छ कि मिल्दैन भन्ने कुरा पनि अपूरो नै छ। जस्तै, उदाहरणको लागि मांशपेसीको स्वास्थ्यलाई पनि व्यक्तिको स्वास्थ्यको एउटा महत्वपूर्ण अङ्ग मानिन्छ। दैनिक भारी व्यायाम गरेर शरीरको मांशपेसीलाई सुसंगठीत बनाउन सकिन्छ भने यौनबाट त्यो प्राप्त गर्न असम्भव जस्तै हुन्छ।

‘हस्तमैथून’ पनि व्यायाम हुन सक्छ?

हस्तमैथूनले मुटुको धड्कन र सिस्टोलिक रक्तचापमा वृद्धि गराउँदछ। तथापी, यसको दर अनि समयलाई यौन सम्पर्क गर्दाको सँग तुलना गर्न मिल्दैन। मुटुको धड्कनलाई नापेर जाँच गर्दा हस्तमैथूनलाई हलुका व्यायामसँग भने तुलना गर्न सकिन्छ।

यो पनि हेर्नुहोस्-

कुनैकुनै महिलालाई यौनको चाहना जाग्दैन, किन? यस्ता छन् ४ कारण
महिला स्वास्थ्य: यौनसम्पर्कको लागि उचित समय
आखिर सेक्सको कति मात्रा उचित हुन्छ?
यौन क्षमता बढाउन चाहनुहुन्छ? यी कुराले गर्छ सहयोग