धेरैजसो महिलाहरुमा देखिने खुट्टा फर्कने समस्या गर्भावस्था वा महिनावारीको समयमा सबैभन्दा बढी हुने गर्दछ । सबैभन्दा पहिलो के कारण खुट्टा फर्कने वा दुख्ने हुन्छ पत्ता लगाउन आवश्यक हुन्छ । यदि गर्भावस्थाका कारण हो भने त्यसैअनुसारको उपाय अनाउनु पर्ने हुन्छ । बच्चालाई हो भने खुट्टाको मालिस गर्नुपर्छ । तर, यदि यस्तो समस्या लामो समयसम्म रहिरहन्छ भने चिकित्सक कहाँ पुगिहाल्न आवश्यक छ ।leg-pain-192876014

खुट्टा फर्कने समस्याका कारण धेरै हुन सक्छन्, जस्तै मांसपेशी खुम्चने, मांसपेशीको थकान, धेरै हिड्नाले, तनाव, व्यायाम । यसबाहेक पानीको कमी, सन्तुलित भोजन नभएमा, खानामा क्याल्सियम वा पोटासियमजस्ता मिनरल, जसले गर्दा शरीरको हड्डी कमजोर हुँदै जन्छ । क्यास्ट्रोलको मात्रा कम भई शरीर वा मांसपेशीहरु कमजोर हुँदै जान्छ । यो समस्यालाई कम गर्ने उपाय यस्ता छन् ।

मनतातो पानीले नुहाउने – रातको समयमा खुट्टा फर्कन वा दुख्ने भएमा तपाई मनतातो पानीले नुहाउन सक्नुहुन्छ । अथवा दुखेको ठाउँमा ‘हट प्याड’ पनि राख्न सक्नुहुन्छ । प्रायजसो, यस्तो उपाय साधारण दुखाईबाट राहत पाउन प्रयोग गरिन्छ ।

क्याल्सियम, पोटासिय र म्याग्नेसियमले भरिएको भोजन लिने – हड्डि कमजोर भई खुट्टा फर्कने अथवा ऐठान पर्ने समस्या हुन्छ । यदि रातको समयमा खुट्टा फर्कने समस्या छ भने चिकित्सकसँग सल्लाह गरेर भिटामिन–डी, क्याल्सिय, म्याग्नेसियम तथा पोटासियम सप्लिमेन्ट सेवन गर्नुहोस् । यद्यपी, तपाईले यी भिटामिन पाइने खानेकुरा खानुभयो भने अझै राम्रो हुन्छ । यसका लागि तपाईले दैनिक खानको रुटिनमा गेडागुडी, अनार, केरा तथा सुन्तलालाई सहभागी गराउन सक्नुहु्न्छ ।

तेलले मालिस गनुहोस् – खुट्टा फर्कने वा ऐठान पर्ने समस्याबाट निजात पाउनका लागि तोरी अथाव दौनीको तेलले खुट्टालाई मालिस गर्नुहोस, त्यसपछि कपडाले बेर्नुहोस् । तोरीको तेलमा एसिटीक एसिड हुन्छ, जसले शरीरको कुनै पनि भागमा दुखेको ठाउँमा लगाएर मालिस गरे दुखाई कम हुन्छ । तोरीको तेलले रक्तसञ्चार प्रक्रियालाई राम्रो बनाउँछ र दुखाईबाट राहत मिल्छ ।

यो पढ्नुस्।

नुहाएपछि हात खुट्टाको छाला किन चाउरी पर्छ?

खुट्टा किन गन्हाउँछ र खुट्टाको दुर्गन्ध कसरी हटाउने?

रातीमा काम गर्ने महिलामा स्तन क्यान्सरको जोखिम कम