२७ पुस, एजेन्सी । हृदयघातका कारण हालै निधन भएका भारतका चर्चित अभिनेता ओमपुरीले नेपालको लुम्बिनीमा प्राण त्याग गर्ने इच्छा राखेको खुलासा भएको छ । om-puri-9569210

भारतीय एक अनलाइनमा पिआरओ स्मिता सिंहले दिएको एक अन्तर्वाताबाट सो खुलासा भएको हो । सो अन्तरवार्तामा स्मिताले बताएअनुसार उनी कसैलाई केही नभनी सुटुक्क नेपालको लुम्बिनी आउन लागेका थिए । आफ्नो निगेटिभ छवी बनेकामा उनी चिन्तित थिए ।

उनले स्मितासंगको भेटमा आफू सुटुक्क बुद्धको जन्मभूमी लुम्बिनीमा गएर बस्ने बताएका थिए । पुरीको भनाई उद्धृत गर्दै अन्तरवार्तामा स्मिताले भनेकी छन् ‘म त्यहाँ एउटा गाउँमा बस्नेछु । टर्च र मैनवत्तिको सहाराले उज्यालो पार्छु र जीवन त्यही विसाउँछु ।’ ‘आफू अज्ञातवासमा जान लागेको उहाँले एक हप्तादेखि मलाई बताउँदै आउनु भएको थियो’ स्मिताले भनेकी छन् ।

हृदयघात भनिए पनि प्रहरीले पुरीको मृत्युलाई रहश्यमय भएको बताएको छ र अनुसन्धान गरिरहेको छ । पोष्टमार्टम रिपोर्टमासमेत उनको टाउकोमा गम्भीर चोट देखिएको बताइएको छ ।