बाइक वा स्कुटर चलाउँदा अनिवार्य हेल्मेट लगाउनु पर्ने नियम छ । सुरक्षाको लागि पनि हेल्मेट महत्वपूर्ण हुन्छ । तर यही हेलमेट तपाइँको कपाल झर्ने कारण बनिरहेको ठान्ने गर्नु भएको हुन सक्छ ।

हालै गरिएको एक अध्यनले धेरैले हेलमेटलाई कपाल झर्ने कारण मान्ने गरेको देखाएपनि विशेषज्ञहरुले भने यसलाई अस्वीकार गरेका छन् ।

helmet hair

हेलमेट लगाउँदा आउने पसिनाले कपालमा नकारात्मक असर पर्ने र त्यसकै कारण कपाल झर्ने मानिसहरु ठान्छन् । तर यो केवल मिथक मात्र रहेको विशेषज्ञहरुले बताएका छन् ।

कपाललाई बाहिरी अक्सिजनको नभएर शरीरबाट प्राप्त हुने अक्सिजनको आवश्यकता मात्र हुने हुँदा हेल्मेट लगाउँदा त्यस्तो कुनै असर नगर्ने उनीहरुको भनाइ छ ।

पुरुषको कपाल झर्ने समस्याको घरेलु रोकथामका विधि

तर फोहोर हेल्मेट वा टोपीले भने यस्तो समस्या ल्याउन सक्ने बताइएको छ । हेल्मेटलाई नियमित सरसफाइ गरेर मात्र लगाउन विशेषज्ञहरुको सुझाव छ ।

चियापत्तीले सेतो कपाललाई कालो बनाउँछ, अन्य घरेलु उपाय यस्ता छन्