आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेर समापन गरिँदैछ ।

आजको दिन राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमणमा हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिलाई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।

vishnu-

पुराणमा बताए अनुसार देवी लक्ष्मीको वाहन हो, उल्लु। त्यसैले लक्ष्मी रातको समय भ्रमणमा निस्कन्छिन। मान्यता यस्तो छ कि, देवी लक्ष्मी वर्षको केही खास दिन पृथ्वीमा आउँछिन् अनि आफ्ना भक्तहरु कृपा गर्छिन। जस मध्ये एक रात दिपावलीको रात हो भने अर्को शरद पूर्णिमाको रातलाई मानिन्छ।

शास्त्र र पुराणमा त यो पनि बताइएको छ की धनको इच्छा राख्नेहरुको लागि दिपावलीको रात भन्दा बढी महत्वपूर्ण शरद पूर्णिमाको रात हो। त्यसैले यो कोजाग्रत पूर्णिमालाइ ‘को जागा रह्यो’ पनि भनिन्छ।

यो रात जो व्यक्ति जागा रहेर देवी लक्ष्मी र भगवान विष्णुको पुजा आराधना गर्छ उ अनि परिवार धनधान्यले सम्पन्न हुन्छ।

rasleela

यो रात यो कारणले पनि विशेष छ, कि राधा रुपमा देवी लक्ष्मी र कृष्ण रुपमा भगवान विष्णु यही रात महारासमा सहभागी थिए। त्यसैले यो रात श्री कृष्ण र राधाको प्रितको रात हो।

यो रात चन्द्रमा सबैभन्दा सफा अनि सुन्दर देखिने मान्यता चलिआएको छ। यो रातमा खुला आकास मुनी खीर बनाइ बिहान खाँदा प्रसादको रुपमा लिइन्छ, जसले रोगबाट मुक्ति अनि दिर्घायु प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ।

आज बेलुकी ८ बजेर १३ मिनेटसम्म चतुर्दशी तदुपरान्त पूर्णिमा लागे पनि पूर्णिमा व्रत भने मध्यरात मङ्गबार प्रातःकाल बस्नुपर्ने र सोमबार मध्यराति नै कोजाग्रत मनाउनुपर्ने पञ्चाङ्गमा उल्लेख छ । आकाशदीप दान र कात्तिक स्नान पनि असोज १० गते मङ्गलबारदेखि सुरु हुनेछ ।