९ असोज, काठमाडौं । राप्रपाका केन्द्रीय सदस्य कोमल वली एमालेमा प्रवेश गरेकी छिन् । गृहजिल्ला दाङमा एक कार्यक्रमका विच वली एमालेमा प्रवेश गरेकी हुन् ।

केही महिना अगाडी रेडियो नेपालको जागिर छोडेर राप्रपामा प्रवेश गरेकी कोमल पार्टि फुटेसँगै एमालेमा जाने तयारीमा रहेकी थिईन् । उनी गृहजिल्लाबाटै एमालेमा प्रवेश गरेकी हुन् । उनलाई एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टि प्रवेश गराएका हुन् ।

एमालेमा प्रवेश गरेकी कोमलले देशको एकमात्र राष्ट्रवादी पार्टि एमाले भएको भन्दै राष्ट्रियतको पक्षमा आफू भएका कारण एमालेमा प्रवेश गरेको बताईन् । कार्यक्रममा बोल्दै नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले काग्रेससँगको लोकतन्त्रले देशको समृद्धि हुन नसक्ने बताएका छन् ।
‘नवप्रवेशीको स्वागत तथा कार्यकर्ता भेला’ लाई सम्वोधन गर्दै उपाध्यक्ष गौतमले यथास्थीतिवादी काग्रेससँग खोक्रो लोकतन्त्र र प्रजातन्त्र भएको भन्दै खोक्रो लोकतन्त्र र प्रजातन्त्रले नेपाल र नेपाली जनताको समृद्धि हुन नसक्ने उनले बताए ।

गौतमले एमालेले ५ वर्ष भित्रमा देशबाट गरिबी हटाउने दाबी गरे । त्यस अवसरमा दाङ निर्माण व्यवसायी संघका अध्यक्ष बलिभद्र राना सहित विभिन्न व्यक्तीहरु एमालेमा प्रवेश गरेका थिए ।