दक्षिण कोरिया संवाददाता

२ असोज, दक्षिण कोरिया।

नेपालको दशैसँग केहि समानता रहेको कोरियाको महान् चाड छुसकको रौनक छाएको छ । लामो विदा समेत मानिने चाडमा पाँच दिन सार्वजानिक विदा समेत परेकोे छ । विदा भएपछि अहिले कामको सिलसिलामा यहाँ आएका नेपाली पनि फुर्सदिला भएका छन् ।south korea festival nepali 887137

फुर्सदको समयको सदुपयोग गर्दै कोरियाका टाढा टाढा स्थानमा काम गर्ने नेपालीहरु साथिभाई भेटघाट गर्न राजधानी सोलमा भेला भएका छन् ।

राजधानी सोलको दोङदेमूनस्थित भुमिगत रेल मार्ग प्रवेश गर्ने दुइ, तीन, पाँच, छ नम्बर गेटका साथै नेपाली पार्क भनेर चिनिने स्थानमा नेपालीहरुको उल्लेख्य भिड लाग्ने गरेको छ । नेपालमा दशै, तीहार आउन केहि हप्ता अघि कोरियामा मनाइने यहाँको ठुलो चाड छुसकलाई पनि नेपालीले विभिन्न तवरले मनाउने गरेका छन् ।

त्यस्तै फुर्सदको सदुपयोग नेपालीले साथीभाई भेटघाटमा सिमित नराखि यहाँका क्रियाशिल नेपाली संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा हेरेर सांगितिक मनोरञ्जन लिएका छन् भने केहिले छुसकलाई राम्रो आर्थिक अवसर लिदै विभिन्न संघसंस्थाले नेपालबाट कलाकार आमन्त्रण गरेर सांगितिक कार्यक्रमको आयोजना गरेका छन् ।

छुसकको पहिलो दिन चितवन सम्पर्क समितिले चितवन धमाका तीनको आयोजना गरेको थियो । जसमा चर्चित हास्य कलाकार सन्दीप क्षेत्रीले छुसकमा विदा मनाउने नेपाली दर्शकलाई मनोरञ्जन दिएका थिए भने अन्य लोकदोहोरी गायिका तथा पप गायिकाले पनि विभिन्न प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन दिए ।

यसैगरी बाग्लुङ सम्पर्क समिति, झापा मिलन समाज र तामाङ संघ कोरियाले पनि सांगेतिक कार्यक्रमको आयोजना गरेर दर्शकलाई भरपुर मनोरञ्जन दिए । कोरियामा दुःख तथा आपत परेका नेपालीलाई अस्थायि आश्रयस्थल निर्माणका लागि भन्दै झापा मिलन समाजले कन्काई सांगिति सौगातको आयोजना गरेको थियो । जसमा नेपालका चर्चित नायिका प्रियंका कार्की, इन्दिरा जोशी, विल्सन विक्रम राईले आफ्नो प्रस्तुति पस्केर दर्शकलाई मनोरञ्जन दिलाए । तामाङ संघले नेपथ्य ब्याण्डलाई कोरियाको अन्तर्राष्ट्रिय हलमा लाइभ कन्सर्ट दिएको छ ।