विकाश श्रेष्ठ ।
१७ असोज, सोल ।

रोजगार अनुमति प्रणाली इपिएस मार्फत चार महिना अघि कोरिया आएका एक नेपाली झुण्डिएर आत्महत्या गरेका छन् ।

कृषि भिषामा आएका गुल्मी ठुलो लुम्पेकका नारायण पाण्डेले आफु कार्यरत कम्पनीको गोदाममा बिजुलीको तारले घाँटीमा पासो लगाएर आत्महत्या गरेको त्यही कम्पनीका काम गर्ने नेपालीहरुले बताएका छन् ।

korea-nepali-dies-gulmi

पाण्डेले आज बिहान चार बजे तीर झुण्डिएर आत्महत्या गरेका हुन् । राजधानी सोल नजिकै छुन्छनाम्दो ख्वांगदोको कृषि फार्ममा काम गर्दै आएका मृतक पाण्डे डिप्रेसनबाट ग्रसित भएको उनका सहकर्मीले बताएका छन् ।

मृतक पाण्डे साथीभाईसँग घुलमिल हुन नरुचाउने तथा एकान्तमा बस्न मन पराउने स्वभावका भएको बताइएको छ । अन्दाजी तीस वर्षीय मृतक पाण्डेका नेपालमा बुवा आमा, श्रीमती र एक छोरीमा पनि रहेको बुझिएको छ ।

कोरियामा रोजगारीका लागि नेपाली युवा आउने क्रम बढेसँगै पछिल्लो समय डिप्रेशनको शिकार भएर लगायत विभिन्न कारणले आत्महत्या गर्नेको संख्या बढिरहेको छ ।

जसका कारण यहाँ रहेका नेपालीमा त्रास र चिन्ता पनि बढेको छ । दुइ साता अघि एक दशक अघि देखि व्यावसाय गर्दै आएका मनोज कुमार डाँगीले पनि आफ्नै कोठामा पासो लगाएर आत्महत्या गरेका थिए ।

कडा परिश्रमसँगै राम्रो पारश्रमिक हुने कोरियामा सन् दुइ हजार सात यता आत्महत्या, कार्यस्थल दुर्घटजा, सवारी दुर्घटना, ह्दयघात भएर सुतेकै अवश्थामा मृत्यु हुने लगायत विभिन्न कारणले ज्यान गुमाउनेको संख्या एक सय सात पुगेको छ । बढ्दो आत्महत्या र डिप्रेशनमा जानबाट रोक्न कोरियास्थित नेपाली एम्बेसीले कार्यक्रम गर्ने योजना बनाएको बताएपनि अहिले सम्म त्यस्तो कार्यक्रमको शुरुवात गरेको छैन् ।