विकाश श्रेष्ठ, दक्षिण कोरिया संवाददाता, राजु श्रीको सहयोगमा

पुर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी अहिले देश विदेशमा चर्चासँगै युवाहरुको आर्कषणको केन्द्र बनिरहेको छ । बैकल्पिक राजनीतिक धारको रुपमा समेत लिइएको नयाँ शक्ति गत जेठ ३० गते दशरथ रंगशालाबाट औपचारिक रुपमा पार्टी घोषणा भएको थियो ।

पूर्व बडामहारानीको निवासमा विजुली किन काटियो दीपकको जवाफ

पार्टी घोषणा पछि यसमा आबद्ध हुने युवा, बौद्धिक वर्ग लगायत विकासप्रेमी नेपालीको लहर अहिले पनि जारी छ । रोजगारी, अध्ययन, व्यवसाय लगायत विभिन्न सिलसिलामा कोरिया सहित विश्वका कुनाकाप्चामा पुगेका नेपालीको यस प्रतिको आर्कषण पनि रहरलाग्दो छ ।baburam and naya shaki in south korea

कोरियामा पनि नयाँ शक्तिले आफ्नो संगठनलाई आक्रामक शैलीमा बिस्तार गरेर अन्य सबै राजनीतिक दलका संगठनलाई पछाडी पारेको समाचारहरु आइरहेका छन् । यसै सिलसिलामा कोरियामा रहेका युवाहरु नयाँ शक्ति प्रति के कारणले आकर्षित छन् त ?

राजनीतिक विकाशको लागि नयाँ शक्ति

-पर्वत राईparbat rai

अस्थिर र अमर्यादित राजनीतिक क्रियाकलापले गर्दा आज देश र जनताले दुख भोग्नु परिरहेको वर्तमान अबस्थामा नयाँ शक्ति पार्टीले मर्यादित र समानुपातिक सहभागितामुलक राजनीतिक प्रणाली प्रतिपादन गरि यसलाई अंगिकार गरेको छ | राज्यको हरेक तह र तप्कामा आदिवाशी जनजाती, दलित, मधेसी, मुस्लिम, खस आर्य लगाएत सम्पूर्ण वर्ग, क्षेत्र र लिङ्गको समावेशिमुलक प्रतिनिधित्व हुनपर्छ भन्दै समाज परिवर्तनको साथै आर्थिक क्रान्ति गरेर समुन्नत राष्ट्र निर्माणकोलागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्ने अभियानै चलाएको हुनाले नयाँ शक्ति पार्टीको यो अभियान समय सापेक्ष, यथार्थपरक र दुरगामी भएकोले नयाँ शक्ति पार्टी अबको निकास को विकल्प हो ।

नयाँ शक्तिले युवा बर्गलाई समेट्नु पर्छ 

-नारायणी जिएमnarayani gm 34973413

अस्थिर र व्यक्तिवादी राजनीतिमा गलत चलखेलका कारण देश सधै पछाडी परेको सबैमा छर्लंग छ l अब यो पछौटेपनलाई निर्मुल पार्नको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जादै स्थिर सरकार निर्माण गरेर देशलाई आर्थिक विकासतर्फ लैजाने नयाँ शक्तिको प्रष्ट योजना नै अबको विकल्प हो साथै कार्यक्षमताको मूल्याकंनको आधारमा कार्य विभाजन गरेर युवा वर्गलाई समेट्दै नेत्तृत्व तह सम्म समान पहुँच राखेर स्वच्छ राजनीतिक अभ्यास गर्न म नयाँ शक्तिमा छु र गर्व छ l

दुरदर्शी राजनीतिको आवश्यकता 

-रमेश पुडासैनीramesh pudasaini 4828513

देशमा देखिएको राजनीतिक अस्थिरताको मुख्य कारण शासकीय प्रणाली नै गलत भएको कारण देशले कहिल्यै सुनौलो मुहार फेर्न सकेन l जबसम्म यो प्रणाली रहन्छ तबसम्म देशमा कुनै विकाश र निकास सम्भव हुनै सक्दैन । देशलाई सहि दिशाबोध गर्न र नेतृत्व प्रधान गर्न राजनीतिमा दुरदर्शिता हुनुपदर्छ यो कुनै राजनीति पाटीमा प्रष्ट देखिएन । तसर्थ देश विकास र समृद्धिका लागि नयाँ शक्तिले अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख लगायत (५ स) का कारण देशलाई निकास दिन सकिने हुनाले नयाँ शक्ति प्रती विश्वस्त भएर आवद्ध भएको हुँ । विश्वभर रहेका हामी नेपाली युवाहरु देशलाई विकास र निकास दिन एक जुट हुनु जरुरी छ।

आदर्श र सरल जीवन व्यतीत गर्ने व्यक्तिले स्वच्छ राजनीति गर्न सक्छ

-शिव मरहट्टाshiva marahatta 52478913

बाबुरामको आदर्श, उनको सादा जीवन, राष्ट्रिय हितलाई सर्बोपरि ठान्ने नेता र पारदर्शिता नै नयाँ शक्तिको लागि काफी छ l साथै नयाँ शक्ति नेपालले लिएको ५ स को सिद्दान्त नेपालका लागि बरदान स्वरुप हुन सक्दछ l राष्ट्र निर्माणका लागि प्रयोग भैसकेका नेता भन्दा युवा र विभिन्न क्षेत्रका विज्ञहरूको उपस्थितिले पार्टीलाइ बिल्कुल फरक बनाएको महसुस गरेको छु l साथै स्थिर सरकारको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्राणाली अबको आवश्यकता भएकोले नयाँ शक्तिको उक्त एजेन्डा सहित समग्रमा नेपाल राष्ट्रको विकास नै यस पार्टीको मूल मन्त्र भएकाले नयाँ शक्तिलाई मैले मन पराएको हूँ ।

यो पनि हेर्नुस्
कांग्रेसका मन्त्रीहरुको सूची तयारी अवस्थामाः ४ गुटबाट १० नाम
प्रचण्डको ४ बुँदे निर्देशनः लाइसेन्स परीक्षा कलेज भाडामा लिएर गर्नुस्

 

कोरिया संवाददाताबाट अन्यः 
कोरियाली निर्वाचनबाट नेपाली युवाले के सिक्ने
ओलीको विकाशे नाराबाट कोरियामा रहेका नेपाली उत्साहित