११ वैशाख, एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच कोरियाली प्रायद्वीपमा पछिल्लो समयमा देखिएको असहजताका विषयमा सोमबार फोनवार्ता भएको समाचार छ ।

समाचारअनुसार जापानी प्रधानमन्त्री आबेलाई अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार फोन सम्पर्क गरेका थिए । उक्त समाचार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले आज जनाएको छ ।

कोरियामा पछिल्लो समयमा शान्ति भड्किएको छ । सो असहज परिस्थितिको नियन्त्रण कसरी गर्ने भन्ने बारेमा उनिहरुबीच कुराकानी भएको जापानी समाचार समिति, क्योडोले जानकारी दिएको छ ।

आबेले सो फोनका क्रममा भएको कुराकानीमा उक्त अशान्तिको अवस्थालाई कसरी समाधान गर्ने भन्ने बारेमा छलफल भएको जानकारी दिएको समाचारमा जनाइएको छ ।

प्रधानमन्त्री आबेले आजको फोनमा भएको कुराकानीको बारेमा सो जानकारी प्रेसलाई गराएको बताइएको छ । सो क्रममा उत्तर कोरियालाई शान्ति र संयमता अपनाउनका लागि आग्रह गर्ने बारेमा छलफल भएको थियो ।

उत्तर कोरियामा अहिले पनि आणविक परीक्षणको होडबाजी भइरहेको बताइएको छ । उत्तर कोरियाले बारम्बार आणविक परीक्षण गर्ने गरेको छ ।

फेरि पनि उसले एक दुई दिनमै अर्काे परीक्षण गर्नसक्ने अनुमानहरु विश्वव्यापी रुपमा नै गरिरहेको छ । सो विषयमा पनि उनिरुबीच कुराकानी भएको पनि ह्वाइटहासले जानकारी दिएको छ । यदि फेरि पनि यस्तो आणविक परीक्षण गरिएमा यसको जवाफ सैनिक कारबाहीबाट दिने चेतावानी अमेरिकी राष्ट्रपति ट्रम्पले दिएका छन् ।

तर पनि यस्तो कारबाही आफूमाथि गरिएमा यसका विरुद्धमा आफूले आणविक आक्रमण गरेरै दिने उत्तर कोरियाले पनि बताउँदै आएको छ ।

अमेरिकी राष्ट्रपतिले विगतका केही समयदेखि नै उत्तर कोरियाका सामु आणविक परीक्षणसहित सबै प्रकारका विकल्प राखिएको जानकारी दिँदै आएका छन् । यसको उत्तर कोरियाली नेताले कडा जवाफ दिँदै आएका छन् ।