एजेन्सी । कोलम्बियामा सरकार र विद्रोही समूह फार्कले नयाँ शान्ति सम्झौता गर्ने भएका छन् । यसअघि भएको सम्झौता जनमत संग्रहबाट अस्विकृत भएपछि भोली नयाँ सम्झौतामा हस्ताक्षर गर्न लागिएको हो । पुनरावलोकन सहितको नयाँ सम्झौता अनुमोदनका लागि संसदमा पेश गरिने छ ।

हिलारीका मत ह्याक भएको खुलासा, विज्ञ भन्छन्- पुनर्गणना गर्नु पर्छ

तर विपक्षी दलका नेताहरुले भने नयाँ सम्झौताको पनि बिरोध गरेका छन् । उनीहरुले विद्रोहीलाई मानव अधिकार हननका मुद्दामा कारवाही गर्न सरकार चुकेको टिप्पणी गरेका छन् । यो सम्झौताले देशमा ५० बर्ष भन्दा लामो गृह युद्ध अन्त्य गर्ने अपेक्षा गरिएको छ । गृह युद्धका कारण अहिलेसम्म २ लाख २० हजार भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

Photo: AP

Photo: AP

पाकिस्तानी सेनाको एक ट्वीटपछि सबै चुपचाप

टेलिभिजन मार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति जुआन म्यानुअल सान्तोसले दुखद अध्यायको अन्त्य गर्ने अद्भुत मौका मिलेको भन्दै खुशी व्यक्त गरेका छन् । दुई महिना अघि भएको सम्झौता गएको अक्टोबर २ मा भएको जनमत संग्रहले अस्वीकृत गरेको थियो ।

मोर्चाका नेतालाई प्रचण्डले भने- ओलीसँग कुरा गर्नुको तुक छैन

अहिले फार्क विद्रोही र सरकारी वार्ता टोलीले चौबिसै घण्टा काम गरेर ५० वटा भन्दा बढी विषयमा परिवर्तन गरी सबैले स्वीकार्य हुने गरी सम्झौता तयार गरेको बीबीसीले जनाएको छ । कोलम्बियामा शान्ति स्थापनाका लागि योगदान पुर्याएको भन्दै राष्ट्रपति सान्तोषलाई यस बर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ ।