एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहलीले युवा ब्यासट्सम्यान ऋषभ पन्तलाई राष्ट्रिय टिममा नराख्नुको कारण खोलेका छन् ।

दिनेश कार्तिक अनुभवी र आत्मसंयम राख्न सक्ने खेलाडी भएकाले आगामी विश्वकपका लागि टिम चयन गर्दा दोस्रो विकेट किपरमा युवा ब्याट्स्म्यान पन्तको ठाउँमा उनलाई प्राथमिकता दिइएको उनको भनाई छ । महेन्द्र सिंह धोनी विश्वकपमा पहिलो विकेट किपरको रुपमा टिममा छन् जबकी १५ जनाको टिममा दिनेश कात्र्तिकलाई दोस्रो विकेट किपरका रुपमा स्थान दिइएको छ ।

ऋषभ पन्त आक्रामक ब्याट्सम्यान हुन् । तर उनलाई विश्वकपमा छनौट नगरिएको भन्दै थुप्रै सवाल उठाइएको थियो । त्यसपछि ऋषभलाई अतिरिक्त खेलाडीकाका रुपमा टिममा सहभागी गराइएको थियो । २३ मे सम्म टिममा परिवर्तन गर्न सकिनेछ । धेरैले भारतीय टोलीले विश्वकपमा ऋषभको कमी महशुस गर्ने बताएका छन् । विश्वकप क्रिकेट इङ्ल्याण्डमा आगामी मे ३० देखि विश्वकप क्रिकेट सुरु हुँदैछ ।