१० असोज, पर्सा । पर्साकी जिल्लामा बलात्कारका घटना बढ्न थालेका छन् । पछिल्लो समय एक ८ वर्षीया बालिका बलात्कारको सिकार बनेकी छन् । कोही नभएको मौकामा उनलाई स्थानिय एक युवाले बलात्कार गरेका थिए ।

मंगलबार दिउँसो जिल्लाको भवानीपुर–८ की आठ वर्षीया एक बालिकामाथि स्थानीय १६ वर्षीय शनिलाल महत्तोले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पीडितका अभिभावकले प्रहरीमा उजुरी दिएपछि सो घटना सार्वजनिक भएको हो ।