९ जेठ, काठमाडौं । बाराको निजगढ नगरपालिका—७ योजनाटोलका क्यान्सरपीडित भेषराज घिमिरेलाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।

दुई बर्षअघि पिसाव थैलीमा पलाएको ट्युमरको पटकपटक शल्यक्रिया गरीरहनुपर्दा उहाँलाई आर्थिक समस्या परेको हो । वि.सं.२०७२ साल फागुन १० गते काभ्रेको धुलिखेल अस्पतालमा घिमिरेको पिशावथैलीमा पलाएको ट्यूमरको पहिलो शल्यक्रिया गरिएको थियो ।

तर जति काट्दा पनि पलाईरहेपछि अहिलेसम्म ५ पटक शल्यक्रिया गरिसकिएको उहाँका छोरा शंकरले घिमिरेले बताए । आफन्तको सहयोगमा ५ पटकसम्म शल्यक्रिया गराउँदा अहिलेसम्म ५५ लाख रुपैंया सकिसकेको र डाक्टरहरुले उपचार गराईरहे निको हुने बताएको शंकरले बताए ।

घिमिरेलाई एक पटक किमो दिंदा २५ हजार रुपैयाँ खर्च लाग्ने र १२ पटकसम्म किमो दिनुपर्ने चिकित्सकहरुले बताएका छन् । ३ बर्ष अघि आफूलाई समेत जापानिज ईन्सेफलाटीस मेनेन्जाईटीस र टिवी रोग लागेर हाल स्वस्थ भएको तर गह्रौं खालका काम गर्न नसक्ने र आर्थिक अवस्था पनि कमजोर भएकाले बुबाको उपचारका लागि सहयोग गरिदिन शंकरले अपिल गरेका छन् ।

घिमिरेको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले प्रभु विकास वैंकको निजगढ शाखाको खाता नम्बर ०१ ७० १७ ०० ०३ ९८ ११ ०० ०० ०१ मा रकम पठाउन सक्नेछन् ।