९ साउन, नोम्पेन्ह । क्याम्बोडियाली राजा नरोद्दम सिहामोनी आफ्नो स्वास्थ्य उपचारका लागि आइतबार चीन प्रस्थान गरेका छन ।

उनी आफ्नी आमा र परिवारका अन्य सदस्यहरुका साथ आइतबार चीन प्रस्थान गरेका हुन ।

उनीहरुलाई क्याम्बोडियाली प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए ।

उनी चीन जानुपर्नाको कारणका बारेमा राजदरबारद्वारा प्रकाशित विज्ञप्तिमा उपचारका लागि चीन जानु परेको भनी लेखिएको छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि उनी चीन गएको र केही दिन लाग्ने सो विज्ञप्तिमा जनाइएको छ । रासस/सिन्ह्वा