baburam bhattrai३२ साउन,काठमाडौ । एकीकृत नेकपा (माओवादी)का वरिष्ठ नेता डा. बाबुराम भट्टराईले क्रान्तिकारी हिंसा र प्रतिक्रान्ति हिंसाको भेद छुट्याउन सक्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा निकै आक्रामक अभिव्यक्ति लेख्ने गरेका नेता भट्टराईले हिंसाको भेद छुट्याउने सामर्थ्य जुटाउन विवेकशिल मानिसले मात्र सक्नै भन्दै क्रान्तिकारी हिंसा र प्रतिक्रान्तिकारी हिंसालाई एकै देख्नेहरूलाई व्यङ्ग्य गरेका छन् ।

उनले केहीले गुद र गोबरलाई उस्तै देख्ने गरेको भन्दै क्रान्तिकारी हिंसालाई गुद र प्रतिक्रान्तिकारी हिंसालाई गोबरको संज्ञा दिएका छन् । उनले यसरी गुद र गोबर देख्नु दृष्टिभ्रम भएको समेत बताएका छन् ।

पछील्लो समयमा उनले वैद्यले गर्ने भनेको क्रान्तिलाई नै प्रतिक्रान्ति हिंसा भएको संकेत गर्न खोजेका हुन् भने अन्य केही त्यस्ता समूहप्रति पनि उनले कटाक्ष गरेका हुन् ।