च्याम्पियन्स ट्रफीको फाइनलमा भारतलाई ठुलो अन्तरले हराएपछी पाकिस्तानमा खुसिको लहर छ भने भारतमा निराशा । पहिलो पटक च्याम्पियन्स ट्रफि जितेको पाकिस्तानका एक सैनिक जनरलले इशारै इशारामा भारतमाथि ब्यङग्य गरेका छन्।

 

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले ट्विटरमा खेल हेरिरहेका प्रशंसकहरुको तस्विर सार्वजनिक गर्दै लेखका छन- यो हाम्रो बलुचिस्तान हो। जो जोसंग सम्वन्धित छ। छोडिदेउ।

 

उनि त्यही रोकिएन्, केही समयपछि भिडियो पोस्ट गर्दै लेखे- र यो हो हाम्रो श्रीनगर।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अघिल्लो वर्षको अगस्टमा बलुचिस्तानको मुद्धा उठाएका थिए जसले पाकिस्तानलाई नराम्ररी बिझाएको थियो।

 

मोदीले आफुलाई पाकिस्तान प्रशासित काश्मिर र बलुचिस्तानका जनताले धन्यवाद दिएको बताएका थिए।

त्यसपछी बलुचस्तानका केही नेताहरुले मोदीको यो कुराको स्वागत गरेका थिए। जसमा पाकिस्तानले गम्भिर आपत्ती जनाएको थियो।

 

यही वर्ष विदेश मन्त्री सुष्मा स्वराजले पनि संयुक्त राष्ट्रसंघको महासभामा बलुचिस्तानको विषयलाई उठाएकी थिइन्। त्यसबाट पनि पाकिस्तान खुसि भएन्।

 

स्वराजले संयुक्त राष्ट्रसंघको महसभामा भनेकी थिइन्-“पाकिस्तानी प्रधानमन्त्रीले भारतमा मानव अधिकारको उल्लंघन भएको बताए । म यति मात्रै भन्छु जसको घर शिसाले बनेको छ उसले अर्काको घरमा ढुङगा हान्न हु्न्न। तपाईहरु हेर्नुस बलुचिस्तानमा के भईरहेको छ ?”

 

पाकिस्तनले बलुचिस्तानको विषयमा भारतले दखल दिएको भन्दै निन्दा गर्दै आएको छ।