काठमाडौं।

पारस खड्काको अनुपस्थितीमा उपकप्तान ज्ञानेन्द्र मल्लले कप्तानको भूमिका निर्वाह गर्ने गर्छन् । पारस विरामी भएपछि केन्या विरुद्धका दुबै खेलमा नेतृत्व गरेका ज्ञानेन्द्रको टिमले पहिलो खेलमा हार व्यहोर्यो भने दोस्रोमा सान्दार जित आत्मसात गरयो । पहिलो खेलमा उनै ज्ञानेन्द्र ‘हाइएष्ट स्कोरर’ भए भने दोस्रो खेलमा पनि प्रदर्शन र नेतृत्वदायी भूमिका महत्वपूर्ण रहयो । यसैसन्दर्भमा प्रस्तुत छ नेपालीहेडलाइन्सले नेपाली क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्लसँग गरेको कुराकानीः

टस हार्दा म्याच पनि हार्यौं

आइसिसी विश्वक्रिकेट लिग च्याम्पियसीपमा केन्याविरुद्ध खेल्दा हामीलाई घरेलु मैदान र दर्शकको धेरै फाइदा थियो । तर, पहिलो खेललाई पानीले असर गर्यो । घरेलु मैदानमा हामीले टस हार्दा ओसिलो पिचको फाइदा भ्रमणकारी केन्याले लियो ।

केन्याले पहिले बलिङ गर्दा हामीले राम्रो पार्टनरशिप गर्न नसक्द राम्रो रन बटुल्न सकेनौं । १५० रन बनाउन सकेको भए जित्ने अवस्था थियो तर, पानीले रोकेको खेलमा ३६ ओभरमा ११२ रनमात्र बनाउन सक्यौं ।

हामी अन्तर्राष्ट्रिय खेल खेल्ने २५ जना जतिको ग्रुप छ । हामीलाई माथिल्लो लेभलको खेल चाहिएको छ । हामीभन्दा पनि बलिया राष्ट्रविरुद्धसँगको प्रतिस्पर्धा हामीलाई चाहिएको छ ।

अर्कोतिर अन्तर्राष्ट्रिय खेल पनि खेलेका र आउँदै गरेका खेलाडीलाई धेरैभन्दा धेरै एक्सपोजरका लागि डोमेस्टिक खेल धेरै आवश्यक देखिन्छ ।

दोस्रो खेल टिमवर्कले जित्यौं

पहिलो म्याचमा हामीले टस हार्दा म्याच गुमाए पनि दोस्रो म्याचमा टिमवर्कले खेल जितायो । फेरि टस जितेपछि हामीले केन्यालाई ब्याटिङका लागि बोलायौं । सुरुवाती ओभरमा मेहबुब आलमले कसिलो बलिङ गर्दै सुरुवाती दुई विकेट लिएपछि केन्याले सुरुबाटै रन जोड्न संघर्ष गर्नुपर्यो ।

तेस्रो विकेटका लागि केन्या सम्हालिन नखोजेको होइन तर सन्दिप लामिछानेले ७९ रनको पार्टनरसिप ब्रेक गरेपछि नेपाल खेलमा फर्किन थाल्यो ।

शरदले चार विकेट लिएर राम्रो योगदान दिए । वसन्त र सोमपालले पनि राम्रो गर्दा केन्या ४६.१ ओभरमा १५५ रनमैं समेटियो । हामीले १७० रनसम्म रोक्ने रणनीति बनाएकोमा १५ रन अगाडि नै रोक्न सफल भयौं ।

पछिल्लो वर्ष नेपाली क्रिकेटमा लगाव, सम्मान, झुकाव, आशा, आकर्षण सबै देखिंदै जाँदा हाम्रो क्रिकेटको व्यवस्थापन भने सुस्त छ । क्रिकेट नै रहने वा नरहने दोसाँधमा हामी छौं । हामीसँग पहिले क्यान थियो तर, अहिले स्वार्थका कारण हामीसँग व्यवस्थापन गर्ने निकाय छैन । जुन दुखद् हो ।

हामीले सोचेभन्दा पनि कम रनमा केन्यालाई रोकेपछि हामी सकारात्मक मानसिकताले खेल्न थाल्यौ । हामीमा थप हौसला पैदा भएको थियो । पहिलोमा खेलमा गरेका गल्तीलाई सुधार्ने प्रण गरेका थियौं । गल्ती सुधार्दै अघि बढ्दा सुरुवाती दुई विकेट गुमाए पनि हामी सहज ढंगले जित्न पुग्यौं ।

सुरुवाती दुई विकेट गुमाए पनि मैले र दिपेन्द्रसिंह ऐरीले १११ रनको राम्रो पार्टनरशिप गर्यौं र खेललाई जितसम्म पुर्याऔं । बलिङ, फिल्डिङ र ब्याटिङमा टिमवर्क राम्रो हुँदा जित निकाल्न सफल भयौं । हामी दुवै खेल जित्न चाहन्थ्यौं तर, दोस्रो खेल प्रभावकशाली रुपमा जित्न सफल भयौं ।

दिपेन्द्रको स्पिरिट राम्रो

डेब्यु खेलमैं दिपेन्द्रले राम्रो खेलेका छन् । उनी पोटेन्सियल भएको खेलाडी हुन् । उनको स्प्रिट राम्रो छ । तर, यस्तो स्प्रिट कायम हुनुपर्छ । आज ५० रन १०० रन बन्यो भनेर सबै कुरा पाइसक्यौं भन्ने पनि हुँदैन । भोलि ब्याटिङमा निरन्तरता आउन जरुरी छ ।

विश्वकप छनोट खेल्न सक्छौं

हामीले यो लिगको छैठौं स्थानमा छौं । शीर्ष चारभित्र पर्ने टिमले सन् २०१९ मा बंगलादेशमा हुने विश्वकप क्रिकेटको छनोट खेल्न पाउनेछन् । तल पर्ने टिम दोस्रो डिभिजनमा झर्नेछन् । तर, हाम्रो सम्भावना सकिइसकेको छैन ।

अझैं हङकङ र युएइसँग दुई-दुई खेल खेल्न बाँकी छ । हामी धेरै सोचिरहेका छैनौं । सम्भवतः अक्टोबरतिर हङकङसँग खेल हुने भन्ने छ । त्यसैले तयारीका लागि लामै समय छ । राम्रो तयारी गरेर मात्रै हामी यो खेलका लागि जानुपर्छ । दुवैमा जित हाँसिल गर्न सक्छौं भन्ने विश्वास छ । जितले मात्र हामी अगाडि बढ्न सक्छौं ।

तर, यो लिगमा माथिल्ला टिम छन् । सबै टिम राम्रा छन् । जसले राम्रो गर्छ उसैले जित्ने हो । हामीसँग समय भएकोले टिमवर्कमा सन्तुलित भएर खेल्दा जित्न सक्छौं । र, विश्वकप छनोट खेल्न पनि सक्छौं । हामीले जित्दा पनि अरु खेलमा समेत निर्भर हुनुपर्ने अवस्था छ । किनकी अरु देशबीचका नतिजाले पनि प्रभाव पार्न सक्छ ।

हामी एक अर्कालाई बुझ्छौं

केन्याविरुद्ध मैंले कप्तानी गर्ने मौका पाएँ । हामीसँगै खेल्दै आएका साथीहरु भएको हुनाले पनि एक अर्कोलाई बुझेका छौं । नेपाली टिमको कप्तानी गर्नु मेरो लागि उपब्लधी हो । हामी लामो समयसँगै खेल्दै आएका हुनाले पनि को कहाँ कसरी खेल्नुपर्छ भन्ने राम्रो ज्ञान छ ।

यत्ति धेरै आकर्षण र लगाव भएको क्रिकेटलाई मर्न दिनुहुन्न । क्रिकेट नै नरहे हामी को रहन्छौं ? हामी सबैलाई क्रिकेट चाहिएको हो भने स्वार्थले किन अड्काउने ? क्रिकेट छ र त यसमा व्यवसथापनको निकाय रहन्छ, पदाधिकारी रहन्छन्, खेलाडी हुन्छन् । यदि क्रिकेट नै नरहने हो भने हामी कोही पनि रहँदैनौं ।

बलिया टिमसँगको प्रतिष्पर्धा चाहिएको छ

हामीकोमा डोमेस्टिक थोरै मात्र प्रतियोगिता छ । यसमा पनि सर्ट फर्म्याटको टी २० का प्रतियोगिता छन् । तर, क्रिक्रेटमा ५० ओभरको खेलले धेरै माथि पुर्याउँछ । दीर्घकालीन रुपमा सुधार्न चार दिवसीयले धेरै सहयोग गर्छ ।

तर, नेपाली क्रिकेटमा अहिले दुई तहको खाँचो देखिएको छ । हामीकोमा दुई तहको खेलाडी छन् हामीलाई दुई तहकै खेलको खाँचो छ । हामी अन्तर्राष्ट्रिय खेल खेल्ने २५ जना जतिको ग्रुप छ । हामीलाई माथिल्लो लेभलको खेल चाहिएको छ । हामीभन्दा पनि बलिया राष्ट्रविरुद्धसँगको प्रतिस्पर्धा हामीलाई चाहिएको छ ।

अर्कोतिर अन्तर्राष्ट्रिय खेल पनि खेलेका र आउँदै गरेका खेलाडीलाई धेरैभन्दा धेरै एक्सपोजरका लागि डोमेस्टिक खेल धेरै आवश्यक देखिन्छ । यसरी दुवै तहमा प्रतियोगिता भयो भने खेलाडीले खेलिरहँदा अनुभव र निरन्तरताले खारिने मौका पाउँछ ।

दीर्घकालीन रुपमा फाइदा हुन्छ । थोरैमात्र अन्तर्राष्ट्रिय खेल खेल्दा हामीले चाहिने जति एक्सपोजर पाइरहेका छैनौं ।

क्रिकेटलाई कसरी व्यवस्थापन गर्ने

पछिल्लो वर्ष नेपाली क्रिकेटमा लगाव, सम्मान, झुकाव, आशा, आकर्षण सबै देखिंदै जाँदा हाम्रो क्रिकेटको व्यवस्थापन भने सुस्त छ । क्रिकेट नै रहने वा नरहने दोसाँधमा हामी छौं । हामीसँग पहिले क्यान थियो तर, अहिले स्वार्थका कारण हामीसँग व्यवस्थापन गर्ने निकाय छैन । जुन दुखद् हो ।

हामीले जति कुरा गरे पनि जो–जो मानिस खेलकुद र क्रिकेटमा छन् उनीहरु नै जिम्मेवार छन् । क्रिकेट सुधारका लागि उनीहरुले नै सोच्नुपर्छ । हामीले अहिले पनि निचोड ननिकाले हाम्रो क्रिकेट संकटमा पर्छ ।

त्यसैले यत्ति धेरै आकर्षण र लगाव भएको क्रिकेटलाई मर्न दिनुहुन्न । क्रिकेट नै नरहे हामी को रहन्छौं ? हामी सबैलाई क्रिकेट चाहिएको हो भने स्वार्थले किन अड्काउने ? क्रिकेट छ र त यसमा व्यवसथापनको निकाय रहन्छ, पदाधिकारी रहन्छन्, खेलाडी हुन्छन् । यदि क्रिकेट नै नरहने हो भने हामी कोही पनि रहँदैनौं ।