काठमाडौं, २ जेठ । आफ्नो पाँचौं तथा अन्तिम विश्वकप क्रिकेटको तयारीमा रहेका वेष्टइण्डिजका क्रिकेटर क्रिस गेल आफूलाई पूर्णरुपमा फिट राख्नका लागि प्रयासरत छन् ।

उनी आफ्नो अन्तिम विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गर्न सकियोस् भन्ने उद्देश्यले हरसंभव प्रयासरत छन् । यसैको तयारीका लागि उनी जिम गर्न छाडेर योगातिर आकर्षित भएका छन् । पछिल्लो दुई महिनादेखि उनी जिम गएका छैनन् ।

खेलका लागि खेलाडी शारिरिक भन्दा पनि पहिला मानसिक रुपमा तयार हुनुपर्ने तर्क उनको छ । जसका लागि योगाले पूर्णरुपमा सहयोग गर्नेछ । गेलले आइपीएलको जारी संस्करणमा ४ सय ९० रन बनाए । ३९ वर्षीय गेल आफूलाई फिट राख्नका लागि योगबाहेक मसाज पनि लिइरहेका छन् ।