११ बैशाख, काठमाडौं ।
इएल क्लासिकोमा उत्कृष्ट २ गोल गरेसँगै बार्सिलोनाका सुपरस्टार लियोनेल मेसीले क्लब फुटबलका सबै प्रतियोगितामा गरेर ५०० गोल गरेका छन् ।
रियलविरुद्ध दुई गोल गरेपछि उनले ५०० गोलको रेकर्ड राखेका हुन् । अहिलेसम्म क्लब फुटबलमा २७ खेलाडीले मात्र यो रेकर्ड राखेका छन् । मेसीले ५७७ खेल खेल्दै यति गोल गरेका हुन् ।

इएल क्लासिकोका उच्च गोलकर्ता
रियलविरुद्ध दुई गोल गरेका मेसी इएल क्लासिकोमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन् । मेसीले इएल क्लासिकोमा २३ गोल पुर्याएका छन् । रोनाल्डोको नाममा १६ गोल छ । अल्फ्रडो डो स्टेफानोको नाममा १८ गोल छ ।

यो पढ्नुस्: सनसनीपूर्ण खेल: मेसीले फुटबलकै ठूलो भिडन्तमा रियललाई उसकै मैदानमा धूलो चटाएपछि …