एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो अमेरिकी टेलिभिजन शो ‘क्वाटिको–२’को सुटिङका क्रममा दुर्घटनामा परेकी छिन् ।

priyanka chopra crying

एफबीआई ड्रामा सीरीज ‘क्वाटिको सीजन–२’को एउटा एक्सन दृश्य दिने सुटिङका क्रममा चिप्लिएर लडेकी थिइन् । उनको टाउँकोमा चोट लागेको बताइएको छ ।

खबरअनुसार, प्रियंकालाई तत्कालै अस्पताल पुर्याइएको छ, उनलाई उपचारका लागि केही दिनको छुट्टी दिइएको छ । प्रियंकाको प्रवक्ताले दुर्घटनाको पुष्टि गरेका छन ।

उनी केही समय आराम गरेपछि फेरि काममा फर्कने छिन् । प्रियंकाले एबीसी नेटवर्कको ‘क्वाटिको’ सिरिजमा ‘एलेक्स पेरिश’ नामकी एफबीआई एजेन्टको भूमिका निभाइरहेकी छिन् । यस्तै, प्रियंका आफ्नो हलिउड फिल्म ‘बेवाच’मा काम गरिरहेकी छिन् ।