१० साउन, काठमाडौं । नेपाल प्रहरीका प्रवक्तासमेत रहेका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाललाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुखमा सरुवा गरिएको छ ।

महानगरको ट्राफिक व्यवस्थापन सुधारका लागि भन्दै खनाललाई महाशाखामा सरुवा गरिएको हो । पछिल्लो समय महानगरको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेपछि डिआइजी मिङमार लामालाई हटाएर खनाललाई ल्याइएको हो ।

आफ्नो जिम्मेबारीमा अब्बल ठहरिँदै आएको खनाल ११ डिआइजी बढुवाको सूचीमा पहिलो नम्बरमा रहेका छन् ।