४ असोज, काठमाडौं । दशैंमा कुनै पनि अपराधिक गतिविधि भए वा शंका लाग्यो भने तत्काल प्रहरीलाई खबर गरे त्यसको पाँच मिनेटभित्रै रेस्पोन्स हुने प्रहरीले दावी गरेको छ ।

बुधवार महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा आयोजित बडा दशैं, तिहार तथा छठ पर्वको विशेष सुरक्षा योजना सार्वजनिक कार्यक्रममा कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्दले यस्तो दावी गरे । एआइजी चन्दले कुनै आपत्ती परे निर्धक्क भएर प्रहरीको १०० नम्बरमा कल गर्न आग्रह गरे ।

चाडपर्व सुरक्षा योजना अन्तर्गत उपत्यकामा काठमाडौं उपत्यकामा ५ हजार भन्दा बढी प्रहरी परिचालन गर्ने तयारी गरिएको छ ।