२८ भदौ, काठमाडौं ।  मकवानपुरको राक्सीराङ गाउपालिका ५ तेन्ताखोत्सीमा एक व्यापारी लुटिएका छन् । दशै तलहारलार्ई खसीबोका किन्न गाउ जादैगरेका ३ जना व्यापारीहरु मध्ये कृष्ण बहादुर कालीदास लुटिएका हुन् ।

अज्ञात समुहले कुटपीट गरि घाईते बनाएर उनी संग रहेको ४लाख २ हजार र एक थान मोबाइल लुटेको प्रहरीले जानकारी दिएको छ । लुटेराको कुटाईबाट घाइते भएका कालीदासको राक्सीराङ स्वास्थ्य केन्द्रमा उपचार भैरहेको प्रहरीले बताएको छ ।

अन्य दुई व्यापारीले भागेर ज्यान जोगाएका छन । लुटेरा समुहको खोजी जारी रहेको प्रहरीको भनाई रहेको छ ।