१९ साउन, सल्लेरी (सोलुखुम्बु), । दूधकौसीका गाउँपालिका–७ देउसामा मृतावस्थामा भेटिएका युवकको खहरे खोलाले बगाएर मुत्यु भएको प्रहरीले जनाएको छ ।

साविक देउसा–६ नाम्सेका ३३ वर्षीय अंगत राईको खहरे खोलाले बगाएर मृत्यु भएकोे प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए । बुधबार बिहान करिब ११ बजे स्थानीयबासीले खहरे खोलामा मृतावस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । शव घोप्टो अवस्थामा रहेकाले पहिचान हुन सकेको थिएन ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी टोली घटनास्थल पुगी अनुसन्धान गरेको थियो ।

मंगलबार साँझ घर नजिकै रोक्ति बजारमा निस्केका राई घर फर्केका थिएनन् । साँझमा ठूलो वर्षात् भएकाले घरफर्कँदा घर नजिकैको खहरे खोलामा आएको भेलले उनलाई बगाएको बताइएको छ । रासस