१२ असोज, पथरी (मोरङ) ।

श्रममन्त्री सूर्यमान गुरुङले सरकारले खाडी मुलुकमा जेल जीवन बिताइ रहेका नेपाली नागरिकलाई नेपाल फिर्ता ल्याउने तयारी गरिरहेको बताएका छन ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले खाडीको कारागारमा रहेका नेपालीको यकिन तथ्याङ्क नहुँदा नेपाल फर्काउन समस्या भइरहेको बताए ।

मन्त्री गुरुङले सरकारले ‘फ्रि भिसा’ र ‘फ्रि टिकट’ को योजना ल्याएपनि विदेश जानेको सङ्ख्या भने घटेको बताए । गैरकानुनी तरिकाबाट वैदेशिक रोजगारमा पठाउनेलाई सरकारले कडा कारबाही गर्ने उनको भनाइ थियो ।