१४ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले बौद्ध धर्मावलम्बिले प्रयोग गदै आएको खादा प्रतिबन्ध लगाउने सचिवस्तरिय निर्णय तत्काल खारेज गर्न निर्देशन दिएका छन् ।

photo (1)

नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध संघसंस्थाहरुले आज दिउँसो मन्त्री शाहीलाइ भेटि तुरुन्त निर्णय फिर्ता नगरे देशब्यापि आन्दोलन गर्ने चेतावनी दिएपछि मन्त्रालयका सचिव प्रेमकुमार राईलाई तत्काल बोलाइ निर्णय कायवन्यन नगराउन निर्देशन दिएका हुन् । मन्त्री शाहीले कुनै पनि धर्म तथा संस्कृतिमाथि आँच आउन नदिने प्रतिबद्धता जनाएको महासंघका अध्यक्ष नागेन्द्र कुमालले जानकारी दिए । मन्त्रीको निर्देशनपछि पनि निर्णय फिर्ता नभए आन्दोलन गर्ने कुमालले बताए ।

लाइसेन्स र ब्लुबुक लिन नयाँ व्यवस्था

कुमालको अगुवाइमा विभिन्न संघसंस्थाका ६० जना भन्दा बढि प्रतिनिधि मन्त्रालयमा ध्यानकर्षण गराउन गएका थिए । खादा प्रयोगले वातावरण प्रदुषण भएको, राज्यकोषको करोडौं रुपैयाँ विदेसिएको तथा स्वदेशी उत्पादन प्रोत्साहन दिन भन्दैै केपी ओली नेतृत्वको सरकारले गएको असार २६ गते विदेशी खादा प्रयोगमा प्रतिबन्द लगाउने गर्ने निर्णय गरेको थियो ।