मानिसहरुले नुनलाई जीवनमा निक्कै महत्व दिन्छन् । नुनको सोझो भन्ने उखान नै छ । नून खाएपछि यसो गर्ने पनि भन्ने गरिन्छ । यसको अर्थ हो नुन जीवनमा निक्कै महत्व राख्ने खाद्य हो ।

खानामा नून कमि भयो भने स्वाद नै हुँदैन तर नुन केही मात्रामा मात्र बढी भो भने पनि स्वाद हराउँछ । अझ विशेषज्ञहरु भन्छन् बढी नून शरीरका लागि हानिकारक छ ।

salt


यदि तपाइँले नुनलाई केवल जिव्रोको स्वादसँग मात्र जोड्नु भएको छ भने तपाइँ भ्रममा हुनु हुन्छ । खासमा नुनले शरीरमा धेरै भूमिका खेल्छ । हामीले सेवन गर्ने नुनमा आयोडिनको मात्रा सन्तुलित हुन जरुरी पनि छ ।
सोडियम शरीरमा पानीको मात्रा नियन्त्रि गर्न र मांसपेसीलाई सुचारु गर्न पनि महत्वपूर्ण मानिन्छ । त्यति मात्र होइन सोडियम मस्तिष्कमा सूचना ओसार पसारका लागि पनि जरुरी हुन्छ ।

नून बढी खाँदा के  ?

शरीरमा नूनको मात्रा कमी हुनु र बढी हुनु दुवै घातक छ । थोरै मात्र नुनको मात्रा कमि हुँदा स्वास्थ्य समस्या देखिन्छ भने बढि हुँदा पनि घातक रोगको खतरा हुन्छ । नुनकै कारण उच्च रक्तचाप, मुटुको समस्या लगायतका समस्या देखिन्छन् । त्यस्तै नुन बढी हुँदा शरीरका गाँठा गुँठी वा घुँडा दुख्ने समस्या हुन सक्छ ।

 

salt 1
नून कम हुँदा चाँहि ?

नून कम हुँदा पनि शरीरमा समस्या हुन्छ । शरीरमा तामक्रम नियन्त्रित राख्न र तन्दुरुस्त राख्न नुनको भूमिका महत्वपूर्ण हुन्छ । शरीरमा नुन कमि हुने वित्तिकै थकान हुने तापक्रममा समस्या हुने जस्ता समस्या देखिन्छन् । शरीरमा बढी भएको नुन पसिनाकोरुपमा बाहिर निस्किन्छ ।
नून बढी हुने खाना

हामी खाने मध्ये प्याक गरिएका खानेकुरा, पिज्जा, बर्गर, टोमेटो केचप, नमकिन, केक, बटर, चीज, सुप, एनर्जी ड्रिङ्क, चिप्स र चकलेट जस्ता कुरामा चाहिने भन्दा बढी नुन हुन्छ । अधिकाँश खानेकुरामा सोडियम क्लोराइडको मात्र यति भनेको हुन्छ यसको अर्थ जति मात्रामा सोडियम क्लोराइड भनेको छ त्यसको दोब्बर नुन छ भन्ने हो ।

salt

खानेकुरा खाँदा त्यसमा लेखिएको नुनको मात्रा अनिवार्य पढ्नुस् । होटल रेष्टुरेन्टमा खाँदा प्रयाप्त मात्रामा पानी पिउनुस् ।
यो पनि हेर्नुस्

मृगौला बचाउँन चाहनु हुन्छ यी खानेकुरा खानुस्

भुलेर पनि नगर्नुस् यी काम

जीवनमा भुलेर पनि गर्न नहुने ५ काम