व्यस्त जीवनशैलीमा जुनबेला समय मिल्छ त्यतिबेला खाना खाने र नुहाउँने गरिन्छ । तर, यस्तो गर्नु स्वास्थयका लागि हानिकार रहेको बताइन्छ । त्यसोभए जान्नुहोस्, खाना खाए लगत्तै नुहाउँदा हाम्रो शरीरमा के–कस्ता गम्भिर समस्या उत्पन्न हुन्छन् ।

भनिन्छ, राम्रो खान–पानका साथै नियमित दिनचर्या पालना गर्ने व्यक्ति लामो आयुको हुन्छ । हाम्रो जीवन व्यतित गर्ने शैलीले नै हाम्रो स्वास्थ्यमा गहिरो असर पुरयाउँछ । आयुवर्नेदका अनुसार, खाना खाएपछि तुरुन्तै नुहाउँनु हुँदैन । यसो गर्नाले पेटको वरपर र रक्त प्रवाह बढ्ने हुन्छ, साथै व्यक्तिको पाचन क्रिया पनि ढिलो हुँदै जान्छ ।

पेट वरपर रहेको रगतले खाना पचाउँन मद्दत गर्छ र त्यो नुहाएपछि शरीरको अन्य भागमा जान्छ जसले गर्दा खाना राम्ररी पच्दैन । शरीरमा पानी परेपछि रक्त प्रवाह धेरैजसो शरीरको अन्य भागतिर जाने हुन्छ, जसले गर्दा हाम्रो दिमागलाई जति आवश्यक छ त्यति रगत मिल्दैन । यस्तो अवस्थामा हामीलाई कहिले काही रिंगटा लाग्ने वा वेहोस हुने जस्ता समस्या आईपर्छन् । आफ्नो राम्रो स्वास्थ्य बनाउँनका लागि खाना खाएपछि एक घण्टासम्म नुहाउँन हुँदैन ।