आयुर्वेदका अनुसार खाना खानासाथ पानी खानु हानिकारक हुन्छ । आयुर्वेद भन्छ भोजन गर्ना साथ पानि पिउनु विष समान हो । खाना खानासाथ पानी पिउँदा पाचन प्रक्रियामा पर्छ र यसले नकारात्मक भूमिका खेल्छ ।

water drinking 1

हामीले खाना खाने समयमा नाइटोको बायाँ क्षेत्रमा जठराग्नि उत्पन्न हुन्छ र त्यसैले खाना पचाउँछ । खाना खाएको १ घण्टा सम्म जठराग्नि सक्रिय हुन्छ ।

आयूर्वेदका अनुसार जठरको अग्निले नै खाना पचाउने काम गर्छ । यदि हामीले खाना खानासाथ पानी पियौं भने यसले जठराग्नि उत्पन्न हुन नै बाधा गर्छ । यसैले आयुर्वेदले खाना खानासाथ पानी खानु विष सेवन गर्नु समान हो भनेको छ ।

drinking water 3

खाना खाने समय र पानी पिउने समयको विचमा कम्तिमा आधा घण्टा र १ घण्टा सम्मको अन्तर आवश्यक हुनु पर्ने आयुर्वेदको भनाइ छ ।

पानी पिउँदा जठराग्नि समाप्त हुन्छ र खाना पाचन प्रक्रिया विथोलिन्छ । यसले शरीरमा प्राप्त हुनु पर्ने उर्जा र प्राण उत्पन्न हुन सक्दैन ।

खाना खानासाथ पानी पिउँदा भोजन पच्नुको साटो गल्छ । यसले पेटमा ग्यासको मात्रा बढाउँछ र एसिडिटी उत्पन्न हुन्छ । यसले पेटमा दुष्चक्र उत्पन्न हुन्छ । मर्हिषी बाघबट्टले खाना खाने वित्तिकै पानी पिउँदा १०३ फरक रोग लाग्ने खतरा हुने बताएका छन् ।

drinking water 1

सके सम्म खाना खाएको पौने घण्टा अर्थात ४५ मिनेट सम्म पानी पिउनु हुँदैन । आयुर्वेदले विहानको समयमा उठ्नासाथ पानी पिउनुलाई अमृत समान भनेको छ ।

उठ्ने वित्तिकै पानी पिउँदा दीर्घजिवी र स्वस्थ्य हुने आयुर्वेदमा उल्लेख छ ।

यो पनि हेर्नुस्

पानी पिउँदा हुने १० घाटा र १० फाइदा

यी १० अवस्थामा भुलेर पनि पानी नपिउनुस्

पानी पिउँदा भुल्न नहुने ६ कुरा