कुशल श्रेष्ठ

खाना खाएपछि पेटभित्र त्यसबाट शरीरलाई चाहिने पौष्टिक तत्वहरू सोस्ने काम हुन्छ र बाँकी रहेका पदार्थहरू आन्द्रा हुँदै मलाशयमा पुग्छ र दिसा बनेर मलद्वारबाट बाहिर निस्कन्छ। यो कुनै नौलो कुरा होइन।

अनि तपाईँले खाना खानुभयो, तर तपाईँको पेटमा पहिले खाएर पच्न बाँकी भएको अथवा पचेर बसिसकेको खाना पनि हुन्छ, जसलाई नयाँ खानाले विस्थापित गर्छ र पुरानो खाना सानो आन्द्रा हुँदै मलाशयतर्फ लाग्छ।

कसै-कसैलाई समस्या यहिँनेर आउँछ- नयाँ खाना खाएपछि तुरुन्तै दिसा लाग्ने, अनि पेट दुखेको जस्तो हुने। यदि तपाईँलाई पनि त्यस्तै हुन्छ भने ‘के भएको होला?’ भनेर पक्कै सोँच्नुहुन्छ होला। फेरि कसै-कसैलाई यहि सामान्य हुन्छ, किनकी उसको पहिल्यै देखि नै यस्तै हुन्थ्यो भने कसैलाई भर्खर-भर्खरैबाट यस्तो समस्या आउन थालेको हुन्छ र ऊ आत्तिन थाल्छ।

(यौन क्षमता बढाउन चाहनुहुन्छ? यी कुराले गर्छ सहयोग…)

तर यसमा आत्तिहाल्नुपर्ने जरुरी छैन। यदि तपाईँलाई खाना खाने बित्तिकै दिसा बस्न मन लाग्छ तर पेट दुख्दैन भने त्यो सामान्य हो। तपाईँले पहिला खानुभएको खानामा तपाईँलाई चाहिने भन्दा बढि फाइबर (३० ग्रामभन्दा बढि फाइबरलाई बढि मानिन्छ) थियो भने त्यसलाई शरीरले राम्रोसँग पचाउन पाएको हुँदैन र फेरि खाना खाँदा पुरानो खानालाई विस्थापन गर्नकै लागि तुरुन्तै दिसा लाग्ने हुन्छ।

अथवा, तपाईँको दैनिक खानामा बोसो तथा चिल्लो पदार्थ धेरै छ भने पनि यस्तो समस्या आउन सक्छ। खानामा बोसो धेरै छ वा छैन भनेर तपाईँ आफ्नो दिसाबाटै जाँच गर्न सक्नुहुन्छ। कसरी?

दिसा गरेपछि आफ्नो दिसा पानीमा तैरिएको छ वा डुबेको छ हेर्नुहोस्। तैरिएको छ भने तपाईँले खाएको खानामा बढि बोसो थियो भनेर बुझ्नुहोस्, डुबेको छ भने धेरै बोसो थिएन भनेर बुझ्नुहोस्।

तर, यदि तपाईँलाई खाना खाने बित्तिकै पेट दुख्ने साथै तुरुन्तै दिसा बस्न मन लाग्ने भएको छ भने त्यसले अन्य समस्याको सङ्केत गरिरहेको हुन्छ। जस्तै;

१. कब्जियत (Constipation)

लक्षण:- खाना खाने बित्तिकै पेट दुख्ने अनि तुरुन्तै दिसा बस्न मन लाग्ने हुन्छ भने तपाईँलाई ‘कब्जियत’ भएको हुन सक्छ। यस्तो हुँदा तपाईँलाई दिनमा सामान्यभन्दा धेरै पटक दिसा लाग्न पनि सक्छ। साथै साह्रो र सुक्खा दिसा निस्कने अनि दिसा बाहिर निस्कन कठीन पर्ने पनि हुन सक्छ।Constipation

(केवल १५ दिनमा मोटोपना घटाउने जीराको अचुक शुत्र)

कारण:- तपाईँले खाने खानामा पर्याप्त फाइबर (दिनमा २५ देखि ३० ग्राम) छैन भने अथवा पर्याप्त पानी पिउनुभएको छैन भने यस्तो समस्या आउन सक्छ। त्यसलगायत, तपाईँको दैनिक खाने बानीमा एक्कासी परिवर्तन हुँदा, दैनिक व्यायाममा रुकावट आउन गएमा अथवा भनेको बेलामा दिसा बस्न नपाएमा कब्जियत हुने सम्भावना हुन्छ। साथै कुनै-कुनै पेनकिलर, भिटामिन अनि डिप्रेसनको औषधीको साइडइफेक्टले पनि यस्तो समस्या आउन सक्दछ।

घरेलु रोकथामको उपाय:- यसको रोकथामको एउटै प्रमुख उपाय भनेको पर्याप्त फाइबरको सेवन गर्नु हो। त्यसको साथै प्रशस्त पानी पनि पिउनुपर्दछ। त्यसलगायत कब्जियतलाई कम गर्ने घरेलु उपायहरू पनि छन्:

  • विहानैको खालीपेटमा जैतूनको तेलसँग कागतीको रस मिसाएर दैनिक २/३ चम्चा सेवन गर्नाले कब्जियतबाट राहत पाउन सकिन्छ।
  • १ गिलास मनतातो पानीमा कागतीको आधा भाग निचोरेर त्यसको मिश्रणलाई खाली पेटमा पिउनाले पनि कब्जियतबाट छुट्कारा पाउन सकिन्छ।
  • टुसा पलाएको गेडागुडी, अन्नको आँटा, ब्रोकाउली, स्याउ, नासपती अनि उसिनेको आलुलाई दैनिक खानामा मिसाएर खाँदा पनि कब्जियतबाट छुट्कारा पाउन सकिन्छ।
(ग्यास्ट्रिक गराउने खाना र यसलाई रोकथाम गर्ने खानेकुरा)
२. इरिटेबल बावेल सिण्ड्रोम (Irritable Bowel Syndrome- IBS)

लक्षण:- इरिटेबल बावेल सिण्ड्रोम अर्थात IBS भनेको यस्तो अनियमितता हो, जुन हुँदा खाना खाएपछि विभिन्न किसिमका लक्षणहरू देखापर्दछन्। जस्तै; पखाला लाग्ने, कब्जियत हुने, पेट र ढाड दुख्ने, छिनछिनमै दिसा लाग्ने तर दिसा नआउने अनि आएपनि पातलो दिसा आउने र पेट फुलेको जस्तो हुने।IBS

कारण:- दिमाग र पाचनप्रक्रिया प्रणालीको बीचमा अनियन्त्रित प्रतिक्रिया हुँदा IBS हुने अनुमान गरिएको छ, तर यसको ठेट कारण भने अझसम्म पत्ता लाग्न सकेको छैन। तथापी, अधिकांशलाई तनाव, थकान, डिप्रेसन अनि औषधीको साइडइफेक्टको कारण IBS हुने अनुमान गरिएको छ।

घरेलु रोकथामका उपाय:- IBS हुनुको मुख्य कारण पत्ता लाग्न नसकेकोले यसको रोकथामका उपायहरू पनि निश्चित छैनन्। तर पनि खानामा फाइबरको मात्रा बढाउने, नियमित व्यायाम गर्ने, झोलिलो खानेकुरा खाने, चिल्लो-पीरो-अमिलो खानेकुरा कम खाने, दूग्धपदार्थ सेवनमा कम गर्ने गर्दा IBS बाट केहि मात्रामा भएपनि राहत पाउन सकिन्छ। कागती पानीको मन्त्र जप्दा पनि आकस्मित दुखाईबाट राहत पाउन सकिन्छ।

(उम्रेको गेडागुडी दिनहुँ खानुहोस्, रक्तचाप अनि ग्यास्ट्रिकबाट राहत पाउनुहोस्- अन्य ८ फाइदा)
३. इन्फ्लेमेटरी बावेल डिजिज (Inflammatory Bowel Disease- IBD)

लक्षण:- IBD लाई अल्सरको प्राथमिक लक्षण पनि मानिन्छ। यस्तो अवस्थामा पेट पोल्ने, दुख्ने, खाना खाने बित्तिकै दिसा लाग्ने र पेट दुख्ने, दिनमा ४ पटक भन्दा बढि दिसा लाग्ने, दिसामा रगत देखा पर्ने, पेटको तल्लो-दाहिने भागमा घोँचेकोजस्तो हुने र दिसा बस्दा दिसा आउन मुश्किल हुने जस्ता लक्षणहरू देखा पर्दछन्।

कारण:- IBD को पनि ठेट कारण के हो भन्ने कुरा पत्ता लाग्न सकेको छैन। पहिले गरेको एक अनुसन्धानबाट अनियमित र असन्तुलन खाना अनि तनाव-थकानबाट यस्तो हुने अनुमान गरिएको थियो। तर अहिले भने यी कारणले अन्य समस्या ल्याउन सक्छ तर IBD गराउन सक्दैन भन्ने कुरा पत्ता लगाएका छन्। अर्को सम्भावित कारण भनेको ‘प्रतिरक्षा प्रणालीमा अनियमितता’ आउनाले पनि IBD हुन सक्छ।

घरेलु रोकथामका उपाय:- यसको पनि मूख्य कारक तत्व पत्ता लाग्न नसकेको कारण रोकथामका उपायहरू पनि निश्चित छैनन्। तथापी, यसलाई कम गर्नको लागि आफ्नो दैनिक बानीमा सुधार ल्याउनु जरुरी हुन्छ। जस्तै; दूग्धपदार्थ सेवनमा कमि गर्ने, बोसो र चिल्लो पदार्थयुक्त खानाहरू कम खाने, फाइबरयुक्त खाना खाने, चिल्लो-पीरो-अमिलो खाने कुराहरू नखाने, रक्सी-चुरोट जस्ता लागूपदार्थको सेवन नगर्ने, सामान्यभन्दा कम खाना खाने बानी बसाल्ने, प्रशस्त पानी पिउने, प्रशस्त भिटामिनयुक्त खाना खाने, नियमित व्यायाम गर्ने।

(हरियो धनियाँको जुस पिउनुहोस्, शरीर हुन्छ भित्रैबाट सफा- यस्ता छन् अन्य १२ उपाय)
४. कोलन क्यान्सर (Colon Cancer)

ठूलो आन्द्रालाई मलद्वारमा जोड्ने मूख्य अङ्ग, जसले नपचेका खानेकुरामा बाँकी रहेका पानी र इलेक्ट्रोलाइटलाई सोस्ने काम गर्दछ, सो अङ्गलाई कोलन भनिन्छ। जब कोलनका कोषहरूको अनियन्त्रित रूपमा वृद्धि हुन्छ र यसको नियमित कार्यमा बाधा पुग्छ, त्यस्तो अवस्थालाई कोलन क्यान्सर भनिन्छ। चाँडै उपचार गरेमा यो रोग निको हुने ९०% सम्भावना हुन्छ। बेलैमा उपचार नगरे यसले ठूलो रूप लिन सक्छ।Colon Cancer diagram

लक्षण:- खाना खानेबित्तिकै पेट दुख्ने दिसा लाग्ने लगायत यसका लक्षणहरूमा मलद्वारबाट रगत निस्कने अथवा दिसामा रगत देखा पर्ने, दिसा गर्ने समयमा अनियमितता हुने, पखाला लागिरहने तर दिसा नआउने, दिसा बस्दा मज्जाले पेट दुख्ने, तौल घट्ने पर्दछन्।

कारण:- प्राय जसो कोलन क्यान्सर के कारणले हुन्छ भन्ने प्रष्ट हुँदैन। जब कोलनका स्वस्थ कोषहरूमा भएका डीएनएमा कुनै किसिमले त्रुटि आएमा कोलन क्यान्सर हुन्छ भन्ने चिकित्सकहरू बताउँछन्। तर के कारणले कोषको डीएनएमा त्रुटि आउँछ भन्ने अझै पत्ता लाग्न सकेको छैन।

घरेलु रोकथामका उपाय:- क्यान्सर भनेको निको हुने रोग होइन, तर यसलाई कम गर्न भने सकिन्छ अनि त्यसको पीडाबाट राहत पाउन सकिन्छ। त्यसको लागि केहि घरेलु उपायहरू छन्:

  • दिनमा २ कप ग्रिन टी (हरियो चिया) नियमित पिउने गर्नुहोस्।
  • अदुवा पानी उमालेर त्यसलाई २ मिनेटसम्म छोपेर राख्नुहोस् र नियमित पिउनुहोस्।
  • घरकै शुद्ध बेसारलाई पानीसँग उमालेर पिउनुहोस्।
  • दैनिक खानामा लसुन पनि मिसाउने गर्नुहोस्।
  • फाइबर युक्त खाना खानुहोस्।
  • चिल्लो-बोसो-पीरो-अमिलो खानेकुराहरू कमै खानुहोस्।
  • प्रशस्त पानी पिउनुहोस्।
(यी १० लक्षण देखिए बुझ्नुस् क्यान्सर लाग्यो)

महत्वपूर्ण नोट:- सामान्य स्थिति छ भने घरेलु उपायबाटै जुनकुनै समस्याबाट छुट्कारा पाउन सकिन्छ। तर यदि स्थिति गम्भीर हुँदै गएको छ वा घरेलु उपायबाट पनि राहत पाउनुभएन भने तुरुन्तै अस्पताल गएर जँचाउनु अत्यावश्यक हुन्छ।

प्रशस्त फाइबर पाइने खानेकुराहरू:-
  • मकै, गहुँ, जौ
  • काउली, बन्दा, ब्रोकाउली
  • स्ट्रबेरी, क्रानबेरी, चेरी
  • हरीयो सागपात
  • गेडागुडी, दाल, भात
  • स्याउ, सुन्तला, अवोकाडो, मेवा, केरा, आदि
  • च्याउ, कुरिलो, फर्सी, आदि।
यो पनि हेर्नुहोस्-
छिनछिनमै पिसाब लाग्नुका अपत्यारिला कारणहरू
यसकारण पिसाब थामेर बस्नु खतरनाक हुन्छ
पिसाबको रङ्गले बताउँछ तपाईँलाई के भैरहेछ?
हरियो धनियाँको जुस पिउनुहोस्, शरीर हुन्छ भित्रैबाट सफा- यस्ता छन् अन्य १२ उपाय
सबैले थाहा पाउनैपर्ने- ‘घुर्ने समस्या’को ५ प्रभावकारी रोकथाम
दम रोगको घरेलु रोकथामका उपाय