एजेन्सी ।

अमेरिकी ‌ओहाइयो स्टेट विश्वविद्यालयका प्राध्यापकले मोटोपन घटाउने विषयमा नयाँ कुरा बाहिर ल्याएका छन् । उनीहरुका अनुसार खाना खान कम गर्दा वा खान खान छोड्दैमा मोटो पन घट्ने निश्चित हुँदैन ।

अधिकाँश मानिस मोटोपन घटाउन भन्दै कम खाने वा खान छोड्ने भएपनि यसको नकारात्मक हुन सक्ने उनीहरुको भनाइ छ ।

obesity 1

प्राध्यापक मार्था बेलुरीले नियमितरुपमा क्यालोरी बचाउनका लागि भोजन छोड्ने मानिसको शरीरमा इन्सुलिन र ग्लूकोजको मात्रा उतार चढाव हुने रयसका कारण बजन घट्नुको साटो बढ्ने खतरा हुन्छ ।

खाना खान छोडेपछि शरीरमा रहेको बोँसो एकतृत हुन थाल्ने भएका कारण मोटोपन बढ्ने वा भुँडी ठूलो देखिने समस्या हुन सक्ने उनको भनाइ छ ।

मुसामा गरिएको अध्यनपछि उनीहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।

fat man

खाना खान छोडेका कारण बोँसो एकतृत हुने र शरीरमा टाइप-2 मधुमेह र मुटुको रोग लाग्ने खतरा हुने समेत अध्यनले देखाएको छ ।

यो अध्यन ‘जर्नल अफ न्यूट्रीशिनल बायोकेमिस्ट्री’ प्रकाशित भएको छ ।