सन्तोष खड्का त्यस्ता खेलाडी हुन जसले २५ वटा अन्तराष्ट्रिय प्रतिस्पर्धामा २० वटामा स्वर्ण पदक जिते । सहभागि भएको कुनै पनि खेलमा उनी सितीमिती खाली हात फर्कनु परेन । तर समयसँगै उनीमा खेल प्रति नैरास्यता उत्पन्न भएको छ । आफूले खेल क्षेत्रमा गरेको लगानीबाट सन्तुष्ट छैनन् । उनी त एक पात्र मात्र हुन्, यसरी खेलाडीलाई राष्ट्रको गहना भनिए पनि खेलाडी किन सन्तुष्ट हुन सक्दैनन् त ? सितोरियो कराँतेका खेलाडि सन्तोष खड्का भन्छन्,

‘म २०५१ सालदेखि खेल क्षेत्रमा प्रवेश गरे । ९ कक्षामा पढ्दै थिए । तर पढाई राम्रो हुन सकेन र सानैदेखिको रुचि भएकाले म पढाई छोडेर खेल क्षेत्र तिर लागे । छोटो समयमै मैले एकखालको हाइट जमाइसकेको थिए ।

फिजिकल्ली एक्सरसाइज मैले पहिले नै गरिसकेको थिए । भर्ना भएको तीन महिनामै नेपालमै भएको इन्टरनेश्नल हाइस्कुल च्याम्पियनसिपमा सेकेन्ड मेडल पाएँ । जुन त्यति बेला मेरो जीवनको सबैभन्दा ठूलो खुशी थियो ।

11920516_841028796012976_1137810902_n

त्यसपछि मेरा गुरु तुल्सी महर्जन र जानकी महर्जनले हौसला दिनुभयो । सिक्नका लागि मैले २ सय रुपैँया फि तिर्नु पथ्यो । थोरै पैसा भए पनि निक्कै गाह्रो थियो । आम्दानी थिएन । गुरुहरुको सहयोगले त्यसमा पनि सहुलियत पाएँ । आफू सिक्ने र अरुलाई पनि सिकाउन पाएँ । निरन्तर भइरहने सानातिना खेलमा पनि अनुभवका लागि भनेर सहभागिता जनाउन छोडिन ।

नवौं साफ यसरी गुम्यो
कराँतेको म राष्ट्रिय खेलाडी हो । अमेरिकामा भएको आतंकारी हमलाका कारण नवौं साफ च्याम्पियनशिपमा छनौट भए पनि खेल्ने अवसर गुम्यो । पाकिस्तानमा साफ गेम हुँदै थियो तर म अभ्यासका लागि इरानमा थिए । १०/१५ दिन मात्र बाँकी रहेको अवस्थामा अफगासिन्तानमा पनि गोलाबारी भएकाले खेल हुन सकेन । पछि रि–सेलेक्सन भयो तर म छनौट हुन सकिन ।11903476_837748463007676_148243388_n

त्यसपछि भएका प्राय सबै खेलमा अनुभवका लागि पनि खेल्न छोडिन । तर खाली हात कहिले पनि फर्किन । धेरै जसोमा गोल्ड मेडल नै थिए । २५ वटा खेलमा सहभागि हुँदा २० वटा त गोल्ड मेडल नै थिए । त्यसमध्येको सबैभन्दा ठूलो खेल भरखरै सम्पन्न एशियन गेम हो । त्यसमा मैले पदक जिते ।santosh khadka medal

प्रतिभाको कदर भएन
तर मेरे खेल जीवनमा ६ वर्ष ग्याप भयो । पहिलो कुरा त उमेर हो । एक्लो जीवन भन्दा विवाहवारीमा बाँधिए पछि त्यति धेरै समय दिन पनि सकिदो रहेन्छ । जसले चाँहदा चाँहदै पनि धेरै समय दिन सकिएन ।11874119_837748229674366_1265219571_n

राष्ट्रिय स्तरमा १० वटा जति खेल खेले सबैमा स्वर्ण पदक जितेको छु । ५० वटा भन्दा बढीमा नकआउट नै हानेको छु । म रिङमा मेरो तौल समूहमा एक दुई मिनेट भन्दा बढी टिक्न दिइन ।

खेलमा पनि चाप्लुसी
तर आफू जति नै सक्षम भए पनि खेलको अवसर पाइदोरहेन्छ । म गोल्ड मेडलिष्ट हो, ८/९ वर्ष देखिको च्याम्पियन हो भनेर घरमा बसेर मात्र हुँदो रहेनछ । पहल गर्नु पर्ने हजुर हजुर भन्दै झुक्नु पर्ने रैछ ।

खेल क्षेत्र पनि सुरक्षित देखिएन । घर परिवार चलाउन पर्यो । कोठाको भाडा तिर्न खान पर्यो । सरकारबाट पनि त्यो विश्वास प्राप्त हुन सकेन । त्यसैले मैले व्यवशाय नै परिवर्तन गरेर म्यानपावर व्यवशाय तिर लागे ।

पाँचवटा दाँत झरे
खेल क्षेत्रमा तानासाही प्रबृति छ । राजनीतिक प्रभाव छ । मेरा ५ वटा दाँत खेल्दै गर्दा भाँचिए । अहिले नक्कली दाँत हालेको छु । निधारमा ४ वटा टाँका लगाएको छ । यसरी ज्यानको माया मारेर खेल्दा पनि राज्यले हेर्दैन । सबैका आ–आफ्नै स्वार्थ हुँदो रहेछ ।
६ वर्षको विश्राम लिएर मेनपावर व्यावसाय तिर लागे तर फेरी इर्श्या लायो र खेल क्षेत्रमै फर्के । अहिले त यति धेरै सामाजिक सञ्जाल छन् । केही सानो टुर्नामेण्ट हुँदा पनि फोटो हाल्ने, विदेशमा गएकाहरुले पनि पार्ट टाइम खेलेर पनि फोटो हालेको, जुनियरहरुले पनि त्यसो गर्दा उत्सुक्दा बढ्दो रहेछ, प्रेरणा मिल्दो रहेछ ।

खेलमा भविष्य देखिन्न
करातेको विकास त भइरहेको छ । तर त्यसको तुलना पैसासँग हुदो रहेछ । म संगै खेलेका १५ जना गोल्ड मेडलिष्ट मकाउमा क्यासिनोको रुपमा काम गर्छन । मासिक एक लाखदेखि ढेड लाख कमाएका छन् । नेपालमै भविष्य देखेको भए उनीहरु किन विदेशिन्थे होला र ?

खेलकै लागि दाँत फुकालियो, घाइते भइयो, यति धेरै पदक पनि जितियो । खेलले नै मलाई चिनायो तर मन खुशी छैन । खेलाडीलाई राष्ट्रका गहना मान्ने हो भने विदेशीएका खेलाडीलाई नेपाल झिकाउनु पर्छ । भविष्यको ग्यारेन्टी गर्नु पर्छ । विदेशिने वातावरणको अन्त्य गर्नुपर्छ । जीवनयापनको ग्यारेन्टी हुनुपर्छ । अन्यथा खेलको विकास हुन त सकदैन नै राम्रो पहिचान बनाएकाहरु पनि थप विदेशिन सक्छन् ।

खेलाडी भएर बाँच्न सक्ने वातावरण बनिसकेको छैन । सिमिति व्यक्ति मात्र होलान खेलमा भविष्य देख्ने । त्यसैले विदेशिएका त विदेशिए नै । नेपालमा भएका, राम्रो छवि बनाएका खेलाडि लाई चिन्न सक्नु पर्छ ।

नेपालीहेडलाइन्सको लागि बोमलाल गिरीसंगको कुराकानीमा आधारित