विराटनगर, २८ कात्तिक । खोटाङमा रुखको मुढा लागेर एक जनाको मृत्यु भएको छ ।

रुपाकोट मझुवागढी नगरपालिका–९ बस्ने नरबहादुर राईका १४ वर्षीय छोरा दीपकको मृत्यु भएको १ नं प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

सो वडास्थित जंगलमा दाउरा खोज्न डिगेम्पा राई र दीपक सोही जंगलमा गएका थिए । डिगेम्पाले माथिबाट रुखको मुढा लडाउँदा ढुंगामा लागेर उछिट्टिँदा दीपकको टाउको र चिउँडोमा लागेको बताइएको छ । गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा भर्ना गरिएपछि उपचारका लागि काठमाडौंँ लैजाने क्रममा मृत्यु भएको हो । रासस