५ असोज, चितवन । चितवनमा खोलाको ढलमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा न. २२ स्थित स्थानिय केरुङ्गा खोला तर्ने क्रममा खोलाले बगाएर नजिकैको ढलमा च्यापिदाँ पर्सा जिल्ला ठोरी २ विपतनगरका ४२ बर्षिय स्वर्ण बहादुर कुवँरको मृत्यु भएको हो ।

स्थानिय नारायण पौडेलको गाई फर्ममा काम गर्ने कुवँर खोला नजिकै ढलमा च्यापिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गीतानगरका प्रमुख (प्रहरी निरिक्षक) भूपाल सिंह रानाले जानकारी दिए । कुवँरको सवलाई पोष्टमार्टमका लागि भरतपर अस्पताल लगिएको छ ।