२५ असार, बझाङ ।

बझाङमा खोलाले बगाएर तीन बालक वेपत्ता भएका छन् । शनिबार बिहान ११ बजे खोलाले बगाउँदा तीन बालक बेपत्ता भएका हुन् ।

बझाङको काँडा गाँउपालिका–२ धलौन बस्ने १५ वर्षका लोकेन्द्र बोहरा, १४ वर्षका धिरेन्द्र बोहरा र १६ वर्षका उज्वल बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दिदीको घरबाट आफ्नो घर फर्कने क्रममा काँडा गाँउपालिका–२ मा पर्ने घाँटखोला तर्ने क्रममा खोलामा परी बेपत्ता भएको र तीनै जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।