५ माघ, सन्धीखर्क ।

नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले आफ्नो नाम नयाँ शक्तिसँग जोडेर दुःख नदिन नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई आग्रह गरेका छन् ।

सिंहदरवारमा त्रिपाठी र रावलको चर्काचर्की, वालुवाटारमा भाँडभैलो: आजको विशेष

अर्घाखाँची पुगेका नेता थापाले आफु काग्रेसको कार्यक्रता रहेको र काग्रेसलाई नै नँया शिराबाट अगाडी बढाउन चाहेको बताउदै आफ्नो नाम नयाँ शक्तिसँग जाडेर काग्रेसका कार्यक्रता तथा युबा साथीहरुलाई नबहकाउन बाबुरामलाई आग्रह गरेका हुन् ।

Gagan Thapa speech

गगन थापाले आफु बाचुञ्जेल काग्रेस पाटी छाड्ने कुरा सोच्न पनि नसक्ने र यस्ता वाईहात कुराको चर्चा गरिदिँदा कार्यक्रता माझ निरासा छाउने भन्दै बाबुरामप्रति आक्रोश पोखे ।

यस अघि बाबुरामको प्रस्तावित नयाँ शक्तिमा गगन थापा पनि प्रवेश गर्ने चर्चा चल्दै आएको छ । बाबुराम निकटहरुले समेत गगन थापा समेत नयाँ शक्तिमा आउने दावी गर्दै आएका छन् । गगनको पछिल्लो भनाइले बाबुरामलाई झट्का लाग्ने देखिएको छ ।

बाबुरामको नयाँ शक्ति पक्षधरहरुले गगन थापाल लगायत विभिन्न पार्टीका चर्चित युवा नेता नयाँ शक्तिमा लाग्ने र राजनीतिक घटनाक्रम नाटकीयरुपमा नयाँ शक्तिको पक्षमा बन्ने दावी गर्ने गरेका छन् । गगन थापाले पहिलो पटक खुलेर बाबुरामको नाम सहित अव देखि आफ्नो नाम नजोड्न आग्रह गरेका हुन्  ।

gagan vs baburam

यस अघि बाबुरामको नयाँ शक्तिमा जाने चर्चा चलेका पूर्व मुख्यसचिव लिलामणि पौड्यालले पनि आफू नयाँ शक्तिमा नजाने बताएपछि बाबुरामलाई झट्का लागेको थियो ।।

गगन थापाले पाटीका शीर्ष तीन नेतालाई सक्रिय राजनितिबाट बिश्राम लिन आग्रह पनि गरेका छन् । अबको नेतृत्व युबा पुस्तामा आउन सके मात्र काग्रेस नँया प्रकृयाबाट अगाडी बढ्न सक्ने उनको भनाइ छ ।

सरकार कछुवाको गतिमा

गगन थापाले बर्तमान केपी ओली नेतृत्वको सरकार कछुवाको गतीमा अगाडी बढेका र यही गति रहनेहो भने देश बरबाद हुने टिप्पणी गरेका छन् । सरकारको एक सय दिनमा भएको काम सुन्य रहेको र यस्तै चाल रहनेहो भने सरकार आफै ढल्ने नेता थापाको भनाई छ । सय दिनको प्रगती हेर्दा कुनै पनि आश गर्ने ठाउ नरहेको खाली निरास मात्र रहेको बताउदै कामहरुलाई अगाडी बढाउन पनि आग्रह गरे ।

बाबुराम भट्टराई र गगन थापाले सँगै हारेको मुद्धा

निर्वाचित कार्यकारीको पक्ष लिएपछि गगनलाई बाबुरामको धन्यवाद

फेसबुकमा बाबुराम र गगन बीच कडा टक्कर

यो पनि पढ्नुस्।

केही दिनमै सेवा बन्द हुने एनसेलको चेतावनी

उत्तरी नाका सहजरुपमा सञ्चालन गर्न चीन सरकार सहमत – अर्थमन्त्री पौडेल

वैशाखसम्म निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु

बिहे गरेको भन्दै विद्यालय प्रवेशमा रोक