२५ बैशाख, काठमाडौ ।
विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम तीन मन्त्रालयसहित सरकारमा सहभागी भएको छ । उसले यसअघि प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग प्रकरणपछि सरकारबाट बाहिरिएको कमल थापा नेतृत्वको राप्रपाले सम्हालेको तीन वटै मन्त्रालय पाएको हो ।

गच्छदारलाई उपप्रधान तथा स्थानीय विकास मन्त्रालय सम्हाल्ने छन । भूमिसुधार तथा व्यवस्था र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हाल्ने मन्त्रीको पनि आजै टुंगो लगाउने तयारी रहेको स्रोतले बतायो ।

सरकारबाट बाहिएिको राप्रपाले पनि संघीय मामिला तथा स्थानीय विकास, भूमिसुधार तथा व्यवस्था र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, आपूर्ति मन्त्रालय सम्हालेको थियो ।

नेता रामजनम चौधरीका अनुसार ६ जना राज्यमन्त्री सरकारमा सहभागी हुने सहमति भएको छ ।

गच्छदारसहित नवनियुक्त मन्त्रीको आजै साँझ ५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ गराइने छ ।