puskar baral

पुष्कर बराल

गजल
कस्तो-कस्तो नराम्रो आयो समाचार पनि,
ठुलै कुर्सिमा पुग्यो रे हिजोको गद्दार पनि ।

भाँडभैलो छ देशमा कसरी फर्कनु चाडबाडमा,
हरेक बर्ष फुस्रै-फुस्रै हुन्छ लाखौ निधार पनि ।

के सरकार छ भन्नु, दिउँसै लुटीने देशमा,
साह्रै अशुरक्षित भयो हाम्रो परीवार पनि ।

ढलिरहने उठिरहने,कति साह्रो कमजोर-कमजोर,
अपाङ्ग जस्तै भयो , मेरो देशको सरकार पनि ।

आज मिल्यो,  भोली बाज्यो,  पर्सि मार्दियो ,
कस्तो घिनलाग्दो यो,मान्छेको संस्कार पनि ।