२६ असोज, काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेसको उदारताका आधारमा चुनावी गठबन्धन हुने वा नहुने स्पष्ट पारेका छन् ।

आज समाजवादी फोरम र नेपाल कम्यूनिष्ट पार्टी संयूक्त माक्र्सवादवीच भएको पार्टी एकीकरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । वाम गठबन्धन बन्न लागेपछि काँग्रेस आफुहरुलाई चुनावी तालमेलमा सामेल हुन आग्रह गरेको बताउँदै अध्यक्ष यादवले काँग्रेसले सबैलाई मिलाएर लैजाने हो भने तालमेल गर्न तयार रहेको बताए ।

अध्यक्ष यादवले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको बीचको वैकल्पिक राजीनितक शक्तिको रुपमा विकास गरेर समाजवादी फोरमलाई उत्पीडित,मधेशी,जनजाति, थारुको उत्थान र समान न्याय, समान अधिकार, राष्ट्रिय पहिचान, समृद्धि र स्वाभिमानको महशुस गराउनतर्फ लाग्ने जानकारी दिए ।

स्वामित्व ग्रहण गर्न लायक नभएको भन्दै विगतमा ६ वटा संविधानहरु जलेको उदाहरण दिँदै अध्यक्ष यादवले वर्तमान संविधानलाई संशोधन गर्नुपर्नेमा परिवर्तनकारीहरु उभिएको जानकारी दिए ।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी संयूक्त माक्र्सवादीका महासचिव प्रकाश अधिकारीले बाँकी आन्दोलन र अधिकारको लडाई फोरमका अध्यक्षसँग मिलेर सफल पार्ने बताए ।