२२ असोज, काठमाडौं ।

निर्वाचन सम्वन्धी कानून पारित गर्नका लागि संसद बैठक आज पनि बस्दैछ । विधयेक पारित गर्न गणपुरक संख्या नपुगेर स्थगित गरिएको बैठक आज बस्न लागेको हो ।

कार्यकाल अन्त्यतिर पुगेको संसद्‍मा अहिले पनि संविधान कार्यान्वयनका निम्ति अनिवार्य मानिएका सहित बीस वटाभन्दा बढी विधेयक विचाराधीन छन् । राष्ट्रपति र उपराष्ट्रपति तथा राष्ट्रियसभाको निर्वाचनसँग सम्बन्धित महत्त्वपूर्ण विधेयक संसद्‌मा विचाराधीन छन् ।

ती सहित पूर्व पदाधिकारी र प्रदेश प्रमुखको सेवा सुविधा एवं चिकित्सा शिक्षा लगायत २० भन्दा बढी विधेयकको टुंगो संसद्ले लगाउनुपर्ने छ । तर साउन महिनायता सांसदको न्यूनतम संख्या नपुगेर संसद्को बैठक छ पटक स्थगति भैसकेको छ ।