सन्तानसुख प्राप्त गर्ने लालसा सबै महिला तथा पुरुषहरुमा हुने गर्दछ । केही दाम्पत्य जोडीहरुले चाहेर पनि सन्तान सुख पाउँन सक्दैनन् । यसको मुख्य कारण स्वास्थ्य र जीवनशैलीसँग सम्बन्धित छन् । महिलालाई गर्भवति हुनुबाट रोक्नबाट धेरै कुराहरु जिम्मवार हुन्छन्।

महिलालाई गर्भवित हुनुबाट रोक्ने केही कारणहरु तल प्रस्तुत गरिएको छ।

मोटोपन – मोटोपनका कारण पुरुषमा शारीरिक गतिविधि कमजोर हुँदै जान्छ र स्पर्म काउन्ट पनि घट्दै जान्छ । त्यस्तै, ओभरीमा बोसो बढ्दै जाँदा अण्डा उत्पादन हुन पाउँदैन, जसले गर्दा गर्भवती हुन गाह्रो हुन्छ ।

उमेर – हिजोआजको जीवनशैलीमा पुरुषमा ३५–४० बर्षको उमेरपछि स्पर्म काउन्ट कम हुन सक्छ । यस्तै, महिलामा ४० बर्षको उमेरपछि हर्मोनको समस्याका कारण गर्भधारणमा समस्या आउँछ ।

संक्रमण – पुरुषमा ‘युरिन इन्फेक्सन’, टीबीका कारण स्पर्म काउन्ट कम हुँदै जान्छ । यस्तै, महिलामा पनि ‘युरिन इन्फेक्सन’ तथा युटेरसमा टीबीको कारण पनि बच्चा नबस्ने समस्या उत्पन्न हुन्छ ।

जीवनशैली – चुरोट, मदिरा, शारीरिक व्यायाम नगर्नु, मद्यपान गर्नु, राती अबेरसम्म बस्नु आदि गतिविधिले पनि स्पर्म काउन्ट घट्दै जान्छ । महिलामा मदिरा, लेट नाइट पार्टीजस्ता अस्वस्थ्य जीवनशैलीका कारण गर्भधारणमा समस्या उत्पन्न हुन्छ ।

तनाव र डिप्रेसन – तनावले पुरुषमा स्पर्म काउन्ट र गुणस्तर कमजोर हुन्छ । तनावका कारण महिलामा प्रोलेक्टीन नामक हर्मोन बढेर जान्छ जसले गर्भधारणमा असर पुर्याउँछ ।

हर्मोन समस्या – पुरुषमा थाइराइडजस्ता हर्मोनको समस्याका कारण स्पर्म काउन्टमा नकारात्मक असर पर्छ । यस्तै, महिलामा पनि थाइराइड, पिसिओएसजस्ता हर्मोन समस्याले महिनावारीमा समस्या उत्पन्न हुन पुग्छ ।

औषधिको असर – पुरुषमा बढी औषधि सेवनले स्पर्म काउन्टमा नकारात्मक असर पर्छ । यस्तै महिलामा पनि औषधि सेवनले माहिनावारी बिग्रने हुन्छ । अण्डाको गुणस्तरमा पनि कमजोर हुनसक्छ ।

मधुमेह – पूरुषमा मधुमेह, चिनी रोगका कारण स्पर्म काउन्ट ५० प्रतिशतसम्म कम हुन पुग्छ । त्यस्तै महिलामा पनि मधुमेह छ भने यसको अण्ड उत्पादनमा पनि प्रभाव पर्न सक्छ ।

पेशा – रात्रि ड्युटी, गर्मी ठाउँमा काम गर्नु, तनावपूर्ण कामले पुरुषमा स्पर्म घट्ने समस्या उत्पन्न हुन्छ । महिलामा पनि तनावपूर्ण, प्रेसरको पेशाले शारीरिक गतिविधिमा नराम्रो असर पुग्छ । जुन गर्भधारण क्षमतालाई पनि असर पुर्याउँछ ।