३ फागुन, एजेन्सी।

भारतसहित विभिन्न ९ देशले अवको ५ बर्षभित्र गर्भवती महिला र नवजात शिशुको मृत्युदर रोक्नका लागि उनीहरुको स्वास्थ्य सुविधा वृद्धि गर्ने प्रतिबद्धता जनाएका छन् ।

छिमेकी मुलुक भारतसँगै बङ्गलादेश, कोट—डिल्भोईर, इथियोपिया, घाना, मालावी, नाईजेरीया, तान्जेनीया र युगाान्डाले गर्भवती महिला र उनीहरुबाट जन्मिएका नवजात शिशुको रक्षाका लागि स्वास्थ्य सुविधा बढाउने प्रतिबद्धता जनाएका हुन् ।

सुत्केरी आमा, नवजात शिशु र बालबालीकाको गुणस्तरीय हेरविचारका लािग विश्व स्वास्थ्य संगठन, यूनिसेफ लगायतको सहयोगमा सञ्चालित नयाँ नेटवर्कमार्फत ती देशहरुले आमा र तिनका शिशुहरुको हेरविचारलाई अझ गुणस्तरीयता प्रदान गर्नेगरी स्वास्थ्य सुविधा केन्द्रीत गर्नेछन् ।

सन् २०३० सम्म मृत्युदर रोक्नका लागि राष्ट्रीय प्रयासलाई बलियो बनाउन सहयोग गर्ने उदेश्यले संञ्चालित नेटवर्कले यसका लागि महिला, बालबालिका र किशोरकिशोरीहरुको स्वास्थ्यका लागि वैश्विक रणनीति बनाउनेछ ।

डब्ल्यू एच ओको तथ्याङकअनुसार वैश्विक रुपमा हरेक बर्ष ३ लाख ३ हजार महिलाको गर्भावस्था र बच्चा जन्माउने क्रममा मृत्यु हुने गरेको छ । यस्तैगरी २७ लाख शिशुको जन्मेको २८ दिनभित्रै मृत्यु हुने गरेको छ भने २६ लाख शिशु समय नपुग्दै जन्मने गरेका छन् ।

गर्भावस्था र बच्चा जन्मिएपछि गरिने गुणस्तरीय स्याहारबाट उक्त मृत्युदर रोक्न सकिने डब्ल्यूएचओको सञ्जालले जनाएको छ ।