२७ असार, काठमाडौं । रुकुमको पुथाउत्तरगंगा गाउँपालिका ७ की नवनिर्वाचित दलित महिला सदस्यको हत्या भएको छ ।
वडा नम्बर ६ जाङकी दलित महिला सदस्य २७ वर्षीय बयानसरी कामीको हत्या भएको हो ।

हत्याको आरोपमा उनकै श्रीमान ३८ वर्षीय टेक बहादुर कामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
घरायसी झगडाको बिषयलाई लिएर श्रीमानबाटै कामीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रबक्ता प्रहरी निरिक्षक थमन रजाँलीले जानकार दिए ।

आठ महिनाकी गर्भवती बयानसरी आउँदो साउनमा सुत्केरी हुने मिति थियो । उनी असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पुथाउत्तरगंगा गाउँपालिका ७ मा नेपाली कांग्रेसका तर्फबाट दसलत महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।