१३ कात्तिक, एजेन्सी।
अमेरिकी वैज्ञानिकले पुरुषको लागि सुरक्षित अनि प्रभावकारी इन्जेक्सन तयार गरेका छन् जसले शुक्राणुलाई निष्क्रिय गर्छ।injections-22656710

वैज्ञानिकका अनुसार यो इन्जेक्सनलाई करिब २७० पुरुषमा परीक्षण गरिएको छ। इन्जेक्सन ९६ प्रतिशत प्रभावकारी पाइएको छ।

इन्जेक्सन लगाएपछि जो मानिसमा साइड इफेक्ट देखियो सो निकै न्युन संङ्ख्यामा देखियो। इन्जेक्सन पश्चात कसैमा दुखाइ त कसैको मुड बिग्रिएको मात्र बताइन्छ।

वैज्ञानिकहरु करिब २० वर्ष देखि पुरुषको लागि एक प्रभावकारी हर्मोन गर्भनिरोधक तयार गर्नको लागि अनुसन्धान गर्दै थिए।

अनुसन्धानको क्रममा शुक्राणु बन्न रोक्ने तरिकाको खोजी गरिदैँ थियो। साथै सो तरिकाले कुनै अप्रत्यक्ष असर नगरोस् भनी अनुसन्धान गरिएको थियो।

पुरुषमा शुक्राणु निरन्तर बनिरहेको हुन्छ। पुरुषमा शुक्राणु करिब १.५ करोड प्रति मिलीलिटर हुन्छ। यदि यसलाई १० लाख प्रति मिलीलिटरमा झार्न चाहने हो भने उच्च स्तरको हर्मोनको आवश्यकता पर्छ।

यो अध्ययन क्लिनिकल एन्डोक्रिनोलोजी एन्ड मेटाबबोलिज्म नामको पत्रिकामा प्रकाशित भएको छ।

यो अध्ययन १८ देखि ४५ वर्षका यस्ता पुरुषमा गरिएको थियो जसको कमसेकम एक वर्ष सम्म महिलासाथीसंग सम्बन्ध रह्यो। अध्ययनको लागि ती महिलाहरुलाई पनि सहमतिमा लिइएको थियो।

अध्ययनको सुरुवातमा पुरुषको शुक्राणुको सङ्ख्या जाँचियो, जसले थाहा पाइयोस् कि ती सामान्य सङ्ख्यामा छन्।

अनि आठ हप्ताको अन्तरालमा हर्मोनको दुई इन्जेक्सन दिइयो। अनि हरेक छ महिना परीक्षण गरिदैँ हेरियो, तबसम्म शुक्राणुको सङ्ख्या १० लाख भन्दा तल आइपुग्यो।