गर्मी समयमा प्यास मेट्न तथा गर्मी भगाउन प्रायले कोल्ड ड्रिङ्क्सको सहायता लिने गर्दछन् । तर के तपाईलाई थाहा छ गर्मी मौसममा कोल्ड ड्रिक्स भन्दा फाइदाजनक हुन्छ मही ।

यो पढ्नुस्: कोल्ड ड्रिङ्क्स पिएपछिको १ घण्टा भित्र शरिरमा के-के हुन्छ ?

  • नियमित रुपमा मही खानाले पेटसम्बन्धी सम्पुर्ण रोग निको हुन्छ । यसमा पाइने तत्वले पाचनक्रियालाई सहयोग पुर्याइ ग्याष्ट्रिक बढ्न दिदैन।
  • महीबाट भिटामिन बी कम्प्लेक्स, प्रोटिन र पोटासियम पाइन्छ । मही खानाले शरिरलाई उर्जा प्राप्त हुन्छ र फ्रेस महशुस हुन्छ ।
    पेट पोल्ने तथा ग्याष्ट्रिकले अति नै सताएको छ भने घुट-घुट गर्दैै मही पिउनुस् । एकैछिनमा ठिक हुन्छ । साथै महीमा अदुवा तथा कालो मरिच राखेर पिउनाले अमिलो डकार आउने बन्द हुन्छ ।
  • गर्मी समयमा शरिरमा पानीको मात्रा कम हुन्छ । यस्तो अवस्थामा मही पिउने गनुस् । महीमा पाइने इलेक्ट्रोलाइटले डिहाइड्रेसनको समस्या निर्मुल पारिदिन्छ ।
  • तैलीय तथा मसालेदार खानाले शरिरमा वोसो जम्मा हुँदै जान्छ । तर खानापछि एक गिलास मही पिउनाले शरिरमा वोसो जम्न पाउदैन साथै यसले कोलस्ट्रोललाई नियन्त्रण गर्दछ ।