गर्मी मौषममा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । मानिसहरु विरामी पर्नासाथ एन्टिबायोटिक सेवन गर्छन् । यस्ता एन्टिबायोटिकले हाम्रो शरीरमा रहेको उर्जा कम गर्ने मात्र होइन नराम्रो असर नै गर्छन् ।

सामान्यतया ब्याक्टेरियाको संक्रमण रोक्नका लागि एन्टिबायोटिकको उपभोग गरिन्छ । एन्टिबायोटिकले यसलाई रोक्न मद्दत गर्छ । तर एन्टिबायोटिकको सट्टा केही सामान्य घरेलु चिज सेवन गर्दा यस्ता एन्टिबायोटिक खानु पर्ने अवस्था नै नआउने विज्ञहरु बताउँछन् ।

एन्टिबायोटिकबाट टाढै राख्ने ५ खानेकुरा के के ?

१ लसुन

लसुन प्राकृतिक एन्टिबायोटिक मानिन्छ । यसले एन्टिफंगल र एन्टिभायरलको काम गर्छ । १९९९ मा अध्यनका क्रममा लसुनमा भिटामिन, न्यूट्रिसस र खनिजले भरिपूर्ण रहेको पत्ता लागेको थियो । लहसुन खाली पेटमा सेवन गर्दा निक्कै फाइदा हुन्छ ।

hot season diets 1
२ मह

महलाई पनि प्राकृतिक एन्टिबायोटिक मानिन्छ । यसमा एन्टिसेप्टिक, सुक्ष्मजीव विरोधी र प्रज्वलनरोधी तत्व हुन्छ । २०१४ मा गरिएको एक अध्यनका क्रममा महलाई उच्च स्तरको एन्टिबायोटिकमा सूचीकृत गरिएको थियो । यसले शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ ।

hot season diets 2

३ बेसार

काँचो बेसार अर्थात हल्दीमा पनि राम्रो मात्रामा एन्टिबायोटिक हुन्छ । हल्दीलाई चीनमा औषधीकोरुपमा नै प्रयोग गरिन्छ । ब्याक्टेरिया नष्ट गर्न हल्दीको प्रयोग गरिन्छ । यसले शरीरमा हुने अनेक समस्या पनि निर्मुल गरिदिन्छ । एक चम्चा हल्दी ५ देखि ६ चम्चा मह मिसाएर एयरटाइट जारमा राखेर दैनिक आधा चम्मा सेवन गर्दा निक्कै राम्रो हुन्छ ।

hot season diets 4

४ अदुवा

ब्याक्टेरियाबाट हुने स्वास्थ्य समस्याका लागि अदुवा प्राकृतिक एन्टिबायोटिक मानिन्छ । यसले सामान्य स्वास्थ्य समस्या सजिलै समाधान गरिदिन्छ । अदुवा चियामामा राखेर सेवन गर्दा वा पानीमा उमालेर सेवन गर्दा निक्कै राम्रो हुन्छ ।

hot season diets 5

५ निम 

निमलाई पनि प्राकृतिकरुपमा एन्टीबायोटिक मानिएको छ । यसले अनुहारमा डन्डीफोर आउने लगायतका समस्या समाधान गर्छ भने मुखमा हुने अन्य समस्या पनि निम सेवनबाट निदान गर्न सकिन्छ । यसले छालाका सबै जसो समस्या समाधान गर्ने आयुर्वेद विज्ञहरु बताउँछन् ।

hot season diets 6