जाडो होस् या गर्मी होस्, शरीरलाई भार पर्ने काम गर्दा, बढि सोँच्नुपर्ने काम गर्दा अनि दिनैभरी कम्प्यूटरको स्क्रीनअगाडि बसेर काम गरिरहँदा थकाई त अवश्य नै लाग्छ। तर गर्मी महिनामा केहि काम नगर्दा पनि बिनासित्तीमा थकाई लाग्ने, निन्द्रा लाग्ने अनि शरीर आलश्य हुने हुन्छ। बाहिरको मौसम गर्मी भएको हुनाले यस्तो हुने हो भन्ने पनि थुप्रै हुन्छन्। तर कारण त्यो मात्रै भने पक्कै पनि छैन।Why do i get tired in hot season

अकस्मात तापक्रम परिवर्तन

एउटै ठाउँमा पनि निश्चित समयको अन्तरमा तापक्रम परिवर्तन भैरहेको हुन्छ। कहिले घट्ने अनि कहिले बढ्ने क्रम दिनैभरी जारी रहन्छ। यसरी कहिलेकाहिँ वातावरणको तापक्रम अकस्मात परिवर्तन हुँदा त्योसँगै हाम्रो शरीरको तापक्रम पनि अनुकूल हुन खोज्दछ, जसलाई पर्याप्त पानी र अक्सिजनको आवश्यकता पर्दछ। जतिसुकै सानो परिवर्तन भएपनि बाहिरको तापक्रमसँग शरीरको तापक्रम अनुकूल हुन खोज्दा शरीरले सोँचेको भन्दा बढि पानी र अक्सिजन गुमाइरहेको हुन्छ। त्यसैले केहि नगरी थपक्क बस्दा पनि दिउँसोको बेला हाई आउने, निन्द्रा लाग्ने अनि थकाई लाग्ने हुन्छ।Summer-Car-Care

यस्तो बेलामा प्रशस्त पानी पिउनु अत्यावश्यक हुन्छ। शरीरमा धेरैबेरसम्म पानी टिकाउन चाहने हो भने कागतीपानी, अथवा फलफूलको जुस पिउनु उचित हुन्छ।

निर्जलीकरण

वातावरणको तापक्रममा अकस्मात घटबढ हुँदा शरीरको तापक्रम पनि त्यससँगै अनुकूल हुन खोज्दछ र शरीरले पानी अनि अक्सिजन गुमाउँछ भन्ने त माथि नै उल्लेख गरिएको छ। तथापी, निर्जलीकरणको पछाडि तापक्रम परिवर्तनको मात्रै हात हुँदैन। हामीले खाने खानेकुराहरूले पनि शरीरबाट कति पानी गुम्छ भन्ने कुराको निर्धारण गर्दछ। यदि खानेकुरामा चिल्लो तथा बोसो बढि मिसाइएको छ भने त्यसलाई पचाउन बढि रगत र पानीको आवश्यकता पर्दछ। त्यसैगरी कोल्ड ड्रिङ्क्सको सेवन गर्दा एकैछिन त शरीरलाई चिसो बनाउँछ, तर त्यसले शरीरबाट पानी पनि सोसिरहेको हुन्छ। त्यसैले विशेष गरी गर्मी मौसममा बढि चिल्लो, पीरो तथा बोसोयुक्त खाना खानु राम्रो मानिँदैन।Dehydration

निर्जलीकरण हुँदा टाउको चड्किने, गाढा-पहेँलो रङ्गको अनि कडा दुर्गन्ध भएको पिसाब निस्कने हुन्छ। त्यसैले आफ्नो पिसाबबाट पनि शरीरमा पानी पुगेको छ या छैन भनी जाँच गर्न सकिन्छ। शरीरमा पर्याप्त पानीको मात्रा उपलब्ध छ भने पिसाब पारदर्शी रङ्गको हुन्छ।

उच्च रक्तचाप

यो त सबैलाई थाहा भएकै कुरा हो कि, उच्च रक्तचाप भएकाहरूको शरीर सामान्यभन्दा तातो भैरहन्छ, मतलब उसको शरीरमा रगतको चाप सामान्य भन्दा बढि नै हुन्छ। झन् गर्मी मौसमको प्रचण्ड गर्मीले उसको शरीरबाट बढि नै पसिना अनि पिसाब निकालिराखेको हुन्छ। जसको कारण शरीरमा पानीको मात्रामा कमि हुनु स्वाभाविक नै हुन्छ। त्यसैले गर्दा नै उच्च रक्तचाप हुनेहरूलाई गर्मी महिनामा बढि थकाई लाग्ने गर्दछ।sleeping for blood pressure (3)

अनिन्द्रा

गर्मीका रातहरू सबैभन्दा कठीन रातहरू हुन्। दिनभरीको थकान र तनाव, त्यसमाथि गर्मीले गर्दा राति राम्ररी सुत्न सकिँदैन, जसको कारण फेरि भोलीको दिनभरी थकाई लाग्ने, निन्द्रा लाग्ने हुन्छ।insomnia

राति सुत्दा पङ्खा लगाउने बानीले पनि दिनभरी आलश्यता ल्याउँदछ। किनभने पङ्खाको हावाले रातभरी शरीरबाट पानी सुकाउँदछ, त्यसैले विहान उठ्दा आँखा पोल्ने, मुख सुक्खा हुने अनि निन्द्रा नपुगेको जस्तो हुने हुन्छ।

प्रचण्ड घामको गर्मीबाट बच्न साना-साना कुराहरूमा ख्याल गर्नुपर्ने हुन्छ। जस्तै; छोटो बाहुला भएको लुगा नलगाउने, कालो रङ्गको लुगा नलगाउने, छाता ओढेर हिँड्ने, साथमा पानी लिएर हिँड्ने, चिसो पेय पदार्थ भन्दा रसिलो फलफूलको सेवन गर्ने, विहान उठ्नेबित्तीकै कागतीपानी पिउने, आदि।

यो पनि हेर्नुहोस्-
गर्मी महिना सुरु भयो, यी कुरामा ख्याल राख्नुस्
गर्मी महिनामा शिशुको ख्याल कसरी राख्ने?
आफ्नै स्वास्थ्यको लागि एउटा टिप्स
उच्च रक्तचाप किन हुन्छ ? जानौ कारणहरू
लुबाट जोगिन प्रशस्त पानी पिउनुपर्ने
के तपाईँलाई एसिडिटी छ? ENO खानुको सट्टा यो खानुहोस्